nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मारुती सिमेन्टको इजाजत रद्द !

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १७, २०७८, ६:१६ मध्यान्ह
मारुती सिमेन्टको इजाजत रद्द !

सिरहा/मंसिर १७ गते ।सिरहाको चोहर्वामा रहेको मारुती सिमेन्ट मापदण्डअनुसार गुणस्तर नपाइएपछि सिमेन्टको इजाजत रद्द गरिएको छ ।

मारुती सिमेन्टले उत्पादन गरेर बजार पठाएको सिमेन्ट गुणस्तर नै रहेको दाबी गरेर गुणस्तर विभागलाई भने तापनि विभागले इजाजत रद्द गरिदिएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको बताए ।

उनले मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरे पनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने पनि जानकारी दिए । उनले भने, ‘मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड ब्याचको सिमेन्ट बजारमा पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।’ उपभोक्ताको अधिकतम उजुरी परेपछि विभागले मारुती सिमेन्टलाई कारबाही गरेको हो ।

विभागले गत १ मंसिरमा मारुती सिमेन्टलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । विभागको सो निर्देशनमा मारुती सिमेन्टले गुणस्तर नै भएको दाबी गरेको विभागका महानिर्देशक पुडासैनीले जानकारी दिए । विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको सो कम्पनीको ओपीसी ४३ ग्रेडको सिमेन्ट मापदण्डअनुसार नपाएपछि सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो । नेपाल गुणस्तर चिह्न प्राप्त सो कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन २०३७ तथा नियमावली २०४० बमोजिम कारबाही गरेको हो ।

विभागबाट विभिन्न समयमा बजार अनुुगमन क्रममा संकलित नेपाल गुणस्तर चिह्न प्राप्त वस्तुको नमुना विभागको प्रयोगशाला तथा उद्योग परीक्षण गर्दा गुणस्तरको मापदण्डअनुसार पाएको थिएन । संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्ज्थ (एमपीए) ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । नेपाल गुणस्तर ५ सय ७२ बमोजिम नभएपछि विभागले सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो ।

नेपाल गुणस्तर प्रमाण चिह्न लिएर सोही आधारमा बजारमा झुुठ फैलाइ उपभोक्ता ठग्ने गरेको र उपभोक्ताले जीवनमा एकचोटि बनाउने घर निर्माणमा खेलाँची गरी ज्यानसमेत जोखिममा पारेको विभागको कारबाहीले पुष्टि गरेको छ । यसअघि २०७६ असारमा पनि नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै मारुती सिमेन्टलाई कारबाही गरेको थियो । सोबेला अधिकतम ५ प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नाप जाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहीन भएको भन्दै कारबाही गरेको थियो । ५ प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन ।

मारुती सिमेन्टबाट निर्माण गरिएका विकास निर्माणको कामसमेत गुणस्तरहीन देखिन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय मातहतका निकायले समेत मारुती सिमेन्ट प्रयोगमा रोक लगाइसकेको छ । विगतदेखि नै मारुती सिमेन्टको चेकजाँच गर्दा गुणस्तरमाथि शंका हुने गरेको र अब प्रयोगमा ल्यायो भने त आयोजना नै धरापमा पर्ने भएकाले मारुती सिमेन्टको प्रयोग डुुब्न चाहनेले मात्र प्रयोग गर्ने एक अधिकारीले बताए ।

सरकारी निकायले नै गुुणस्तरहीन भनिसकेकाले यसको प्रयोग सर्वसाधारणले पनि गर्न नहुने र कसैले घर निर्माणका लागि किनेको भए तत्काल फिर्ता गर्न मन्त्रालयका अधिकारीले आग्रह गरेका छन् ।  नेपाल गुणस्तर तथा नापतौल विभागले विकास निर्माणसँगै नागरिकले निर्माण गर्ने घरमा समेत मारुती सिमेन्ट प्रयोग नगर्न यसअघि नै आग्रह गरिसकेको छ ।

स्रोत साभार-आर्थिक न्युज अनलाईन बाट

Tags: आर्थिक समाचार

Discussion about this post

Related Posts

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

भारतको एक प्रसुती गृहमा आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु

नक्कली समाचार फैलाए गोबिन्दाले मानहानी मुद्दा हाल्ने

नक्कली समाचार फैलाए गोबिन्दाले मानहानी मुद्दा हाल्ने

माल्दिभ्स लगायो भ्यापिङ र इ चुरोटमा प्रतिबन्ध, अब आयात गरेमा ५० हजार जरिवाना

माल्दिभ्स लगायो भ्यापिङ र इ चुरोटमा प्रतिबन्ध, अब आयात गरेमा ५० हजार जरिवाना

घरमै फूल र गोबरबाट सुगन्धित अगरबत्ती बनाउने यो हो सजिलो तरिका

घरमै फूल र गोबरबाट सुगन्धित अगरबत्ती बनाउने यो हो सजिलो तरिका

संघीय संसद अन्तरगतका ५ समितिको बैठक बस्दैँ

संघीय संसद अन्तरगतका ५ समितिको बैठक बस्दैँ

आजको मौसमः देशैभर मध्यम बर्षा हुने

आजको मौसमः देशैभर मध्यम बर्षा हुने

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

मंगलवारदेखि जनकपुरधामस्थित अतिक्रमित पोखरीहरुको रेखांकन

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा(भिडियो सहित)

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि