अरुण कुमार यादव/सप्तरी/मंसिर १ गते। जनता समाजवादी पार्टीका केन्दीय अध्यक्ष उपेन्द्र यादबले मघेशको जनसंख्या ठूलो भएपनि राजनीतिक प्रतिनीधित्वमा कम रहेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी नेपाल कञ्चनरूप नगरकार्य समितिद्धारा आज सप्तरीको कंचनपुरमा आज आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको लामो संघर्ष पछि संसद विघटन बचाइएको बताउनुभयो ।
मघेश आन्दोलनद्वारा स्थापीत आदिवासी , दलित , मुस्लिम र मघेशीको कोटा रहेपनि भेदभावको कारणले सरकारी सेवामा प्रवेश कम मात्रमा देखिएको उहाँले जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो भूमी व्यवस्था वैज्ञानीक नभए सम्म कृषि तथा किसानको आर्थिक रुपले विकास हुदैन । जसको लागि आफनो पार्टीले प्रयत्न गरी रहेको भन्दै बेमौसमी बर्षाबाट क्षती भएको धानबाली पिडित किसानको लागि साढे ५ अरब राहत दिन सरकार बजेट छुटयाएको उहाँले बताउनुभयो ।

दलित, मघेशी , थारु, मुस्लिम र जनजातिको अधिकार व्यवस्थापनको लागि संघर्ष गरी रहेको भन्दै अधिकार प्राप्तिको लडाई अझै जारी रहेको बताउनुभयो । उहाँले देशमा सदियौ देखी पछाडी पारिएका जाति समुदायको हक अधिकार अझै पुर्ण रुपले स्थापित भईसकेको छैन, विभेद र उत्पीडनमा परेको जाती समुदायको अधिकार सुनिश्चितताको लडाई निरन्तर जारी नै छ ।
अध्यक्ष यादवले लामो संघर्ष र सहिदको वलिदानीबाट प्राप्त उपलब्धि समाप्त पार्ने षड्यन्त्र भईरहेको चर्चा गर्दै गणतन्त्र,संघीयता समाबेशिता सहितको उपलब्धि रक्षाका लागि उत्पीडित समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
देशमा संघीयता, गणतन्त्र, समाबेशिता सहितको ब्यबस्था स्थापनाकामा जसपाको अग्रणी भुमिक रहेको उल्लेख गर्दै स्थानीय सरकार देखि साँसद र राज्यको हरेक शासन र प्रशासन सम्म मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला, अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित संघीय प्रणालीकै कारण भएको प्रष्ट पार्नुभयो ।
लोकतन्त्रको रक्षा गर्ने दाईत्व समाजवादी पार्टीको भएको बताउदै मघेशमा ठूलो जनसंख्या अहिलेपनि नागरिकताबाट बन्चित रहेको उहाँले बताउनुभयो ।
नागरिकताबाट बन्चितलाई नगरीकता दिलाउन नागरिकता ऐन संसोधन हुन आवश्यक रहेको भन्दै तत्कालिन ओली सरकारद्वारा संसद अवरुधको कारण ऐन पास हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।
उक्त कार्यक्रमा विशिष्ट अथितिका रुपमा रहेका प्रदेश नं.२ का अर्थमन्त्री शैलेन्द्र साहले पार्टी प्रवेशले जिल्ला र संगठनमा थप उर्जा आएको बताउनुभयो ।
हजारोको संख्यामा पार्टी प्रवेश गर्नेहरू दिदीवहीनी, युवा र विभिन्न क्षेत्रमा काम गरेर अनुभव बटुलेका अनुभवि व्यक्रिहरूलाई अध्यक्ष यादवले नव प्रवेशीलाई धनयवाद दिदै स्वागत गनरेका थिए ।
















Discussion about this post