सिरहा/कार्तिक ५ गते। नेपाल पत्रकार महासंघ, प्रदेश-२ का उपाध्यक्ष रमानन्द गुप्ताको शुक्रबार निधन भएको छ ।
सिरहाको लहान नपा १ का पत्रकार गुप्ताको उपचारको क्रममा आज विराटनगरमा निधन भएको हो ।
उच्च रक्तचापका कारण बिहिबार अबस्था गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
गुप्ताको श व आजै घर ल्याईएको भएपनि भोलीमात्र अन्तिम संस्कार गरिने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए ।लामो समयदेखि पत्रकारीताका सक्रिय गुप्ताका श्रीमती, दुई छोरा र एक छोरी छन् ।





















Discussion about this post