अरुण कुमार यादव/सप्तरी/कार्तिक ४ गते।स्थानिय युवाहरु मिलेर शारीरिक अपाङता बौना दासको लागि बनाइएको शौचालय सहितका अपाङमैत्री घर आज हस्तान्तरण गरिएको छ ।

तोपा बजार यूथले आज आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले घरको साँचो अपांग बौना दासलाई प्रदान गरेका छन ।
घर हस्तान्तरण पछि कार्यक्रममा बोल्दै जसपा अध्यक्ष यादवले स्थानिय युवाहरुले बौना दासको घरनिर्माण गरेर मानवको दृष्टिकोणले प्रेरणदायी काम गरेको बताए।यसरी समाजिक क्षेत्रमा गरेको काम सराहनिय भएको बताउदै समाजको हितमा यस्तो कामहरु अगाडी बढाउनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सप्तरी जिल्ला राजनैतिकमा अगाडी रहेको भएपनि शिक्षा,स्वास्थ्य,रोजगारमा कमी देखिएको बताए ।राज्यले गर्न नसकेको काम युवाहरुले बोना दासको लागि गरेको कार्य प्रति खुशी ब्यक्त गरेका छन ।उनले अहिलेको अवस्थामा युवाहरु लागूऔषध र कुलतमा परेर केही गर्न चाहदैन तर यहाँको युवाहरुले यसरी समाजिक कार्य गरेर देखाउने हिमत गरेको प्रशनसा ब्यक्त गरेका छन ।
त्यस्तै प्रदेश नं. २ का आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले युवाहरुले समाजिक संजालमार्फत चन्दा संकलन गरेर एक हिड डुल गर्न नसकिने बौना दासको लागि शौचालय सहित अपाङमैत्री घर बनाउनु उदाहरणीय काम गरेको बताए ।

सप्तरी युथ नेपालले राजविराज बाहेक जिल्लाको अन्य ठाउँमा उदाहरणीय कार्यहरु गरिरहेको भन्दै अब राष्ट्रिय प्रतिनिधित्व कार्यहरु गनुपर्ने जोड दिए ।शारीरिक अपांग बौना दासको घर तथा शौचालय निर्माण हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि प्रदेश २ को अर्थ मन्त्री शैलेन्द्र साह, प्रदेश संचार प्राधिकरण को प्रदेश अध्यक्ष श्यामसुन्दर यादव,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, केन्द्रिय कार्यकारिणी सदस्य एबम राष्ट्रिय सभा सदस्य माननिय मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय कार्यकारिणी सदस्य माननिय मनिष सुमन् , मा. नेत्रविक्रम साह लगायतकाले शुभकामना मनतब्य ब्यक्त गरेका थिए ।

जिल्लाको तिलाठीकोइलाडी गाउपालिका –८ तोपा बजारमा बस्ने ३७ वर्षका बौना दास २.५ फिटको मात्रै रहेका छन । उनीलाई सम्पतीको नाममा एक कठा जग्गा मात्रे रहेको छ भने बस्ने घर नभएको अवस्थामा सथानिय युवाहरुले घर बाई दिएको हो।अपांग बौना दासको घर तथा शौचालय निर्माण समाजिक मानबिय काममा तोपा बजार युथका अध्यक्ष कौशल यादव लगायत सम्पुर्ण युवाहरुको सकारात्मक सोच एबम पहलमा चन्दा संकलन गरि उनको घर निर्माण गरेका छन ।




















Discussion about this post