एक समय बलिउडमा निकै धमाका मच्चाकएकी नायिका हुन दिव्या भारती । १६ बर्षकै कलिलो उमेरमा फिल्मी करियर शुरु गरेकी दिव्याले धेरै फिल्ममा अभिनय गरेकी थिइन् ।
फेब्रुअरी २५, १९७४ मुम्बईमा जन्मेकी दिव्या बलिउडकै सफल नायिकामा गनिने गर्थिन् । अभिनेत्री दिब्या भारतीको १९ वर्षको उमेरमा मृत्यु भएको थियो। उनको सन् १९९३ अप्रिल ५ मा मृ त्यु भएको थियो।
हिन्दी र तलेगु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिब्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन्। छाेटाे समयमै दर्शकमाझ मन जित्न सफल भएकि नायिकाकाे रुपमा पर्छिन् ।
उनी कम समयमा नै सफलताको चुचुरोमा पुग्न सफल दिब्याले बिश्वात्मा, सोला ओर सबनम र दिवानाजस्ता चलचित्रबाट भारतमात्र नभएर बाहिरकै कैयौँ आत्मालाई दिवाना बनाउन सफल भएकी थिइन्। उनकाे चर्चा अहिले पनि उत्तिकै हुने गर्छ ।
यी नायिकाको मुम्बइस्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृ त्यु भएको भनिएको थियो। तर यो ह त्या थियो भन्ने विवाद पनि नचलेको होइन । आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्वमा छ। उनकाे निधनपछि उनका फ्यानसहित शाेकमा रहेका थिए ।
त्यससमय उनको निधनले बलिउड शोकमय बनेको थियो । निधन भएपछि भने उनको फिल्म शतरंज रिलिज भएको थियो । उक्त फिल्म दिव्याको निधन भएको ९ महिना पछि रिलिज भएको थियो । दिव्याले आफुले खेलेको फिल्म शतरंज हेर्न पाइनन् ।साभार-केटिम दैनिक बाट
Discussion about this post