जनकपुरधाम/कार्तिक ३ गते । झारफुक गर्ने बहानामा महिलालाई जब र्जस्ती कर णी गर्ने एक पुरुष प्रहरी फन्दामा परेका छन् ।
पाल्पाको तानसेन नगरपालिका–३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–१० खैरेनीका ३२ वर्षीय केदार रनपाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रनपालले सोमबार राति साढे १० बजे ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जब र्जस्ती क रणी गरेका थिए । पीडित महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
रनपाललाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । आरोपितलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















Discussion about this post