जनकपुरधाम/कार्तिक २ गते।इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती मोहम्मद डे को अवसरमा प्रदेश २ सरकारले मंगलबार सार्वजनिक विदा गरेको छ ।
इस्लामिक महिना रविउलऔएलको १२ तारेखका विहान हजरत पैगम्बर मोहम्मदको सउदी अरबको मक्का मदिनमा भएको थियो ।
पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पुर्ण लक्ष्य समाज सुधार र व्यवहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए । समाजमा रहेका रुढीवादी सोच, परम्परा, अन्धविश्वास र विकृतीहरुको विरुद्ध उनी ठुलै संघर्ष गरेका थिए ।
नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाईने भएकोले प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो ।
प्रदेश २ सरकारले संघीय सरकारको सार्वजनिक विदा वाहेक वर्षभरिमा ११ वटा विभिन्न चाडपर्व तथा अवसर हरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसैबीच, संघीय सरकारले पनि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गरेको छ।उनले जारी गरेको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद ‘स’को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ ।साथै वहाँले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद ‘स’ को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गरे ।















Discussion about this post