nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हर्सोल्लासका रुपमा सिरहाको लहानमा दशै मनाईदै,यसपाली दुर्गा मन्दिरमा विजयादशमी छुट्टै रौनक

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २४, २०७८, ९:१६ मध्यान्ह
हर्सोल्लासका रुपमा सिरहाको लहानमा दशै मनाईदै,यसपाली दुर्गा मन्दिरमा विजयादशमी छुट्टै रौनक

विसुन देव सरदार/लहान/असोज २४ गते।नेपालीहरुको महान चार्डपर्वको रुपमा विजयादशमीलाई लिइन्छ।यो चार्डपर्वलाई हर्सोल्लासका रुपमा मनाउने गरिएको देखिन्छ।

अहिले दशैको बेलामा लहानको विश्व प्रसिद्ध माँ दुर्गा मन्दिरमा पुजापाठ गर्ने श्रद्धालुहरुको चाप बढेको देखिन्छ । यस वर्ष छुट्टै किसिमले महान चार्डपर्व दशै मनाउन लागिएको देखिन्छ ।साँझमा नव दुर्गा भवानीको आरती गर्नेहरुको दशै बाहेकका दिनहरूमा पनि देखिन्छ , जुन वास्तविक सत्य पनि हो।

बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ ।

यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो।त्यसमा पनि विजयादशमी मुख्य दिन हो ।

त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ ।

विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव-पर्व सुरु भएको हो । महा खुशीको पर्व हो ।

चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ्न। हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ।

त्यही भएर हामी हिन्दुहरुको महान् चाडको रुपमा दशै हर्सोल्लासका साथ मनाउछौँ । बडादसैँको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ।देश बिदेश वा टाढा टाढा भएका आफ्ना साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ , त्यसको बेग्लै मज्जा छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ ।

बास्तवमा दश दिन मनाइने हुनाले पनि यो हिन्दुहरुको महान पर्वलाई दशैं भनेको हुनुपर्छ। दशैंमा नवदुर्गा (हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ ।

नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पुजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ ।

टाढा टाढा देखि आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आश्रीवाद लिने दिने गरिन्छ।यहाँ दशैंको प्रमुख चार दिनको चर्चा गरिएको छ ।

सप्तमी (फुलपाती)

नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्र्याइन्छ।

वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्।

महाष्टमी

नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ। पूजापश्चात् मानिसहरू नवदुर्गा ,आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छ्न्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ।

महानवमी

नवरात्रिको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ। नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणहरुको त्याग गर्दै आएकोमा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै बलि चढाउँने चलन आएको मानिन्छ ।

विजया दशमी

नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ।आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ। यो दशैंको खास दिन हो ।

Tags: सिरहा स्थानीय खबर

Discussion about this post

Related Posts

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

९ बुँदे सहमति खारेजीको माग गर्दै जनकपुरधाम मा साहु–महाजनको प्रदर्शन

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

अग्रगामी मोर्चाबारे महासेठको टिप्पणी, ‘नाम ‘अग्रगामी’ राखेर यात्रा पश्चगमन नहोस्’

सलमान खानको सुरक्षामा खटिएका प्रहरी अधिकृतको मृत्यु

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियोः जेनजी अगुवा हमाल

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश प्रदेश सरकारद्वारा २ लाख राहत, नयाँ घर बनाइदिने घोषणा

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

जनकपुरधाममा लायन्स र लियोको भव्य पदस्थापन तथा इन्डक्सन सम्पन्न, लायन्स क्लब जनकपुरधाम हेरिटेजको चार्टर

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरले पायो नयाँ नेतृत्व, अध्यक्षमा हेमबहादुर कार्की

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

बत्ती बाल्न बिजुलीको पोलमा हुक लगाउँदा करेन्ट लाग्दा मृत्यु

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि