पर्सा/असोज २३ गते।शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएलगत्तै सत्तारुढ जनता समाजवादी पार्टी नेपालमा मन्त्री बन्न नपाउने नेताहरुमा असन्तुष्टि देखिएको छ ।
प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै केही नेता कार्यकर्ताले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।
प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पर्साको वीरगञ्जमा जसपाको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ ।
पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित युवाको एक समुहले जसपाको झण्डा जलाउनुका साथै अध्यक्ष यादवको पुत्ला जलाएको हो ।
पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताको एक समूह विरोध प्रदर्शनमा उत्रिएको हो ।
यसक्रममा सांसद यादवका कार्यकर्ता र समर्थकहरुले जसपा पार्टी कार्यालयको साइनबोर्डसमेत झिकेर आगो लगाएका छन् ।















Discussion about this post