काठमाडाैं/असाेज २४ गते। आज आज विश्व मानसिक स्वास्थ्य दिवस । जुन दिवस प्रत्येक वर्ष अक्टोबर १० का दिन विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरूबारे चेतना जगाउनु, यस क्षेत्रमा रहेका भ्रामक धारणा वा सामाजिक संकोच कम गर्नु र मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्याउन पहल गर्नु हो।
यो दिवस विश्व मानसिक स्वास्थ्य महासंघको पहलमा सन् १९९२ (वि.सं. २०४९) देखि मनाउन थालिएको हो । सन् १९९४ देखि विश्व स्वास्थ्य संगठनको सहयोग र सहकार्यमा प्रत्येक वर्ष एउटा विशेष नारा तय गरी यो दिवस मनाउने परम्परा सुरु भएकाे हाे ।
यसपटक विश्व मानसिक स्वास्थ्य महासंघ सन् २०२६ को विश्व मानसिक स्वास्थ्य दिवसको आधिकारिक नारा “जीवन्त अनुभवको सुनुवाइ: वास्तविक आवाज, वास्तविक परिवर्तन” रहेकाे छ । यस नाराले मानसिक स्वास्थ्यका क्षेत्रमा वास्तविक समस्या वा अनुभव भोगेका व्यक्तिहरूका आवाज र अनुभवलाई प्राथमिकताका साथ सुन्नुपर्ने र तिनै वास्तविक आवाजका माध्यमबाट सकारात्मक एवं व्यावहारिक परिवर्तन ल्याउनुपर्ने सन्देश दिन्छ।
याे दिवस मनाउनुकाे उद्देश्य र महत्वः
चेतना अभिवृद्धि: शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा आम मानिसलाई बुझाउनु।
संकोच र विभेद अन्त्य: समाजमा मानसिक रोगलाई लिएर रहेका नकारात्मक दृष्टिकोण, डर, र भेदभावलाई हटाउनु ताकि मानिसहरू खुलेर आफ्ना समस्या व्यक्त गर्न सकून्।
परामर्श र उपचारको पहुँच: मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका व्यक्तिहरूलाई बेलैमा विशेषज्ञको परामर्श, थेरापी, र उपचारको पहुँचमा ल्याउनु।
नीतिगत सुधार: सरकार तथा सम्बन्धित निकायहरूलाई मानसिक स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट र पूर्वाधार विनियोजन गर्न ध्यानाकर्षण गराउनु।















Discussion about this post