nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

देउवा सरकारले पूर्णता पाए संगै नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ (हेर्नहोस मन्त्रीहरुको नामावली सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २२, २०७८, ७:५४ मध्यान्ह
देउवा सरकारले पूर्णता पाए संगै नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ (हेर्नहोस मन्त्रीहरुको नामावली सहित)

काठमाडौँ/असोज २२ गते।नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सरकारको नेतृत्व सम्हालेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूको जिम्मेवारी टुंगिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेका हुन् । मन्त्रिपरिषद विस्तारका क्रममा देउवाले यसअघिका मन्त्रीको मन्त्रालयगत जिम्मेवारी पनि फेरबदल गरेका छन् ।

देउवाले कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट रामकुमार झाँक्री सहरी विकासमन्त्री बनेकी छिन् । कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आलेले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडाले पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन् ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानिएको छ ।

यस्तो छ मन्त्रीहरुको सूची

Discussion about this post

Related Posts

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

कांग्रेस सभापतिमा भारी मतान्तरले गगन थापा बिजयी

मानसिक रूपमा स्वस्थ हुन ‘नाइँ’ भन्न सिक्नुहाेस

मानसिक रूपमा स्वस्थ हुन ‘नाइँ’ भन्न सिक्नुहाेस

आज विश्व मानसिक स्वास्थ्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज विश्व मानसिक स्वास्थ्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

आज सोह्र श्राद्ध (पितृ पक्ष) को अन्तिम तिथि, भाेली देखी बडा दशैं सुरू

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि