जनकपुरधाम/असोज २० गते।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री राउतले आफ्नो पक्षमा ७७ मत पाएका छन् । उनको विपक्षमा २३ मत परेको हो ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।त्यसमा मुख्यमन्त्री राउतले दुईतिहाइको समर्थन पाएका छन् ।सभामुख सरोज कुमार यादवले संविधानको धारा १८८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री राउत विश्वासको मत पाएको घोषणा गरेका छन् ।
प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।
उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् । बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।














Discussion about this post