भदौ ३० गते।काभ्रेको बनेपा नगरपालिका– १२ जनागलमा ट्रकभित्रै बालिका ब ला त्कार गरेको अभियोगमा चालक र सहचालक प क्रा उ परेका छन् । भदौ २६ गते राति साढे एक बजे १३ वर्षीया बालिका ब ला त्कार गरेको अभियोगमा चार दिनपछि उनीहरूलाई प्रहरीले प क्रा उ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार बालिका ब ला त्कार गरेको अभियोगमा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको ट्रकको चालक झापाको हल्दीबारी गाउँपालिका– ५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सहचालक मोरङको उर्लाबारी नगरपालिका– १ का १८ वर्षीय निदिप धिमाललाई प क्रा उ गरेको हो ।
उनीहरूले बालिकालाई ब ला त्कार गरेको स्विकारेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरूलाई ज ब र्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक खतिवडाले दिएको जानकारीअनुसार भदौ २६ गते राति साढे १२ बजे भक्तपुर जिल्ला भक्तपुर नगरपालिका– १ सिर्जनानगरस्थित सडक किनारामा गाडी कुर्दै थिइन् बालिका । त्यही क्रममा काठमाडौंबाट झापातर्फ जानका लागि उक्त ट्रक आइपुग्याे । पूर्व जाने भनेपछि सम्बन्धित ठाउँमा पुर्याइदिने भन्दै ट्रकमा बालिकालाई राखे । त्यसपछि रातको साढे १ बजे उक्त ट्रक अरनिको राजमार्ग हुँदै बनेपा नगरपालिका– १२ स्थित साझा पेट्रोल पम्पअगाडि आएर रोकियो ।
ट्रक रोकेर बालिकालाई चालक विश्वकर्मा र धिमालले पालैपालो क र’णी गरे । क र’णी गरीसकेपछि बालिकालाई त्यहीँ छाडी ट्रक झापातर्फ हुइँकियाे । रातको समयमा बेवारिसे अवस्थामा बालिका प्रहरीले फेला पारेपछि पहिचान नखुलेको ट्रकका चालक र सहचालकले ज ब र्ज’स्ती क र’णी गरी छाडेको भनेपछि बालिकालाई उद्धार गरी परिवारलाई जिम्मा लगाई अनुसन्धानमा प्रहरी लागिपर्याे ।
उक्त ट्रक साँगादेखि बनेपा आउन धेरै समय लगाएको थाहा पाएपछि ट्रकलाई निगरानीमा राखी चेकजाँच गर्ने क्रममा मंगलबार धुलिखेलबाट ट्रकसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा प क्रा उ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट ज ब र्ज’स्ती क र’णीसम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।





















Discussion about this post