अरुण कुमार यादव/राजविराज/भदौ २८ गते।सप्तरीमा आधारभुत शिक्षा कार्यक्रम अनुसार बिभिन्न गाउँपालिका र नगरपालिकाको बिद्यालयमा अध्यनरत करिब आठ सय छात्र/छात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नति कार्यक्रम अन्र्तगत जिल्लाको तिलाठी कोइलाडी.बिष्णुपुर,छिन्नमस्ता गाउँपालिका तथा राजविराज नगरपालिकाको वडा नंं. १,५,१४,१५ र १६ का बिपन्न तथा जेहेन्दार छात्र÷छात्राहरुलाई शैक्षिक सामग्रीसहित स्कुल जाने ब्याग बितरण गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत दुगानन्द शर्माले बताए ।
जिल्लाको तिलाठी कोइलाडी.बिष्णुपुर,छिन्नमस्ता गाउँपालिका तथा राजविराज नगरपालिकामा कार्यक्रमहरुको आयोजना गरि सो शैक्षिक सामाग्री बितरण गरिएको जनाइएको छ ।
उक्त गाउँपालिका र नगरपालिकाका कक्षा १ देखि ५ सम्म अध्यनरत छात्र÷छात्राहरुलाई करिब ८०० पिस स्कुल ब्याग, कापी,डटपेन,इरेजर,कटर लगायतका शौक्षिक सामग्री प्रदान गरिएको अर्का फिल्ड अधिकृत मुकेश कुमार मंडलले जानकारी दिनुभयो ।














Discussion about this post