विराटनगर/भदौ २५ गते।विराटनगरमा एक युवतीले प्रेमीको लिङ्ग काटिदिएकी छन् । सुनसरीको बर्जु गाउँपालिका–२ घर भइ विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीया युवतीले २७ वर्षीय प्रेमीको लिङ्ग काटिदिएकी हुन् ।
विराटनगर महानगरपालिकाको वडा नम्बर १५ रानीस्थित होटल मकालुमा भेट्न बोलाएर युवतीले कैचीले प्रेमीको लिङ्ग काटिदिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार होटलमा लगेर ज बर ज स्ती क र णी गर्न खोजिएको भन्दै ती युवतीले प्रेमीको लिङ्ग काटीदिएकी हुन् ।
कामको सिलसिलामा विराटनगर आएकी ती युवतीले प्रेमीको आगामी २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने थाहा पाएपछि गत साउन २७ गते मकालु होटलमा भेट्न बोलाएकी थिइन् । होटलअगाडि भेट भएपछि प्रेमीले होटलको कोठामा लगेर ज बर ज स्ती क र णी गर्न खोजेको भन्दै ती युवतीले कैँचीले लिङ्ग काटिदिएको प्रहरीले जनाएको छ ।
त्यसपछि घाइते भएका ती पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा १० टाँचा लगाएपछि लिङ्ग जोडिएको छ ।
प्रेमिकाले भने ती पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय रानी विराटनगरमा जाहेरी दर्ता गराएकी थिइन् । उनलाई प्रहरीमा ज बर ज स्ती क र णी उद्योग गरेको आरोपमा पक्राउ गरिसकेको छ । प्रहरीले अनुसन्धान पूरा गरेको अभियोग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मोरङ अदालतमा मुद्दा दर्ताको तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।





















Discussion about this post