अरुण कुमार अक्षय/सप्तरी/भदौ २४ गते।सप्तरीको कंचनरुप नगरपालिकास्थित बदगामामा आज एउटा गाइगोठमा आगलागी भएको छ ।
कंचनरुप नगरपालिका वडा नंं. १० बदगामामा निवासी बोवालाल खडगा यादवको एउटा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
घरमा बालेको घुरबा सल्केको आगोले निजको गाई गोठ जलनुको साथै सो गोठमा रहेको दुई वटा गाई जलेर मरेका छ भने एउटा पाडो जलेर घाइते भएका छन ।
यस्तै गोठमा राखिएको दुई वटा गोरुगाडा जलेको छ र एक मन धान सहित करिब रु ५ लाख मुल्यबरामको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानियबासी र प्रहरीले नियन्त्रणमा लिएको थियो ।














Discussion about this post