nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २: राजमार्गमा खल्डाखुल्डी नपुरिदा चालकलाई सास्ती, दुर्घटनाको जोखिम

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १८, २०७८, ११:२४ मध्यान्ह
प्रदेश २: राजमार्गमा खल्डाखुल्डी नपुरिदा चालकलाई सास्ती, दुर्घटनाको जोखिम

सप्तरी/भदौ १८ गते ।सप्तरीस्थित पूर्व-पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ । गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको देखिन्छ । निरन्तरको वर्षाले राजमार्गका कालोपत्र समेत भत्किएको छ । बर्सेनि टालटुलका भरमा चल्दै आएको राजमार्ग हरेक वर्ष वर्षाका समयमा गहिरो खाडल बन्दा सडकमा सवारी चलाउन समस्या हुने गरेको चालक बताउँछन् ।

राजमार्गमा खाडल भएकै कारण सानासाना गाडी चलाउन समेत समस्या भएको छ । वर्षाले कंचनरुप नगरपालिकास्थित बरमझीया, हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं ३ पोर्ताहा तथा वडा नं १ भारदहमा पक्की सडक विभिन्न ठाउँमा भत्किएको छ । 

हनुमाननगर कङ्कालिनी नगरपालिकाको  पोर्ताहा बजरङ्गबली मन्दिरदेखि बजार चोकसम्म करिब पाँच÷छ स्थानबीच सडक नै भासिएर भत्किएका छन् । उक्त ठाउँमा करिब दुई फिट गहिरो खाल्टो बनेको सडकमा दैनिक रातिका समयमा चल्ने सवारीसाधन दुर्घटना हुने गरेको छ । छ÷सात महिना सो ठाउँमा सडक मर्मतसम्भार गरे पनि कमजोर वा गुणस्तरहीन कार्य गर्नाले वर्ष नलाग्दै पुनःभत्किएको जनगुनासो छ ।                     

भारदह बजारस्थित रहेको शहीद चोकको गोलम्बरदेखि पूर्वपट्टि भागमा सडक भत्किएर ठाउँठाउँमा खाल्डो परेको छ । सो राजमार्गमा जाने सवारीसाधनलाई मोडन घुमाउन अप्ठ्यारो हुने गरेको ट्रक चालक किरपानन्द यादवले बताए । 

उनले भने, “पश्चिमबाट पूर्व जाने भारदह बजारमा ठूलो खाल्डो नपुरेका कारण दुई महिनादेखि एकतर्फबाट सवारी सञ्चालन भइरहेको छ । बजार क्षेत्रमा सवारीसाधनका लागि दुईतर्फ बनाइएको सडकमध्ये एकतर्फमा जीर्ण सडक भएका कारण अहिले ठूलो खाल्डो बनेको छ ।” 

सो ठाउँमा एकतर्फबाट मात्र सवारी चलिरहेका कारण झन सवारी दुर्घटनाको जोखिम रहेको ट्रक चालक यादवको भनाइ छ । उक्त ठाउँमा माटोसमेत नदिएको खाल्डोमा पानी जमेपछि सो सडक भएर जाने गाडी पल्टीने गरेको स्थानीयवासीले जनाएको छ ।

यस्तै अवस्था छ– जिल्लाको बरमझिया सडकको ।  विभिन्न नाका भन्सारबाट समान लोड गरेर ट्रकमा ल्याउन समस्या भइरहेको ट्रक चालक हरि मण्डलले गुनासो गरे । उनले भने, “महत्वपूर्ण समान ट्रकमा हामी ल्याउँछौँ खाल्डाखुल्डी रहेको सडक निरपुग्दा दुर्घटनामा पर्न सकिन्छ कि डर हुन्छ ।” कतिपय मोटरसाइकल चालक त खाल्डोमै लड्ने गरेका छन्, कतिपयले खाल्डो छल्न खोज्दा अर्को गाडीमा ठोक्किन आइपुग्छन्”, उनले भने, “खाल्डोले टायरमा कट लाग्ने र दुर्घटनाको जोखिम भने उत्तिकै छ ।”

कंचनपुरदेखि भारदहसम्मको बाटोमा वर्षाले जीर्ण सडकमा ठूला खाल्डा भएकाले सवारीसाधन सञ्चालनमा समस्या भइरहेको चालकको गुनासो छ । राजमार्गमा खाल्डैखाल्डा बने पनि सम्बन्धित निकायले चासो नदिएको चालक र बसका यात्रुले गुनासो गरेका छन्  । भत्किएको सडकमा दुर्घटनासँगै टायर कट लाग्ने, पट्टा भाँचिनेजस्ता समस्या रहेको जनाइएको छ  ।

खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायतका साना सवारीसाधन दुर्घटनामा पर्नेक्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ । असार अन्तिमदेखि भइरहेको लगातार वर्षाका कारण पूर्व–पश्चिम राजमार्गका अधिकांश स्थानमा खाल्डो परेको र तीव्र गतिमा चलाइएका सवारी खाल्डोमा परेर गम्भीर किसिमको दुर्घटना हुने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ ।

त्यस्ता ठाउँमा रात्रिकालीन सवारीसाधन दुर्घटना हुने बढी जोखिम रहेको भन्दै सडकको पुनःनिर्माणमा ढिलाइ देखिएको भारदह निवासी बुदुर रामले गुनासो गरे । पूर्व–पश्चिम राजमार्ग पुरानो भइसकेकाले पानी परिरहेका समयमा सवारी गुड्दा कालोपत्र उप्किने समस्या बढ्दै गएको उनले बताए । पचास वर्षअघि राजमार्गमा बनाइएका पक्की पुलसमेत जीर्ण भएर पुलमासमेत ठुल्ठूला खाडल बनेको पाइएको छ ।

त्यस्तै जिल्लाको अन्य ठाउँमा मुख्य राजमार्गमा जीण सडक भएको र ती सडक समयमा मर्मत नहुँदा झन् समस्या गाडी चलाउन समस्या भइरहेको चालक बताउँछन् । रासस

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!