अरुण कुमार अक्षय/राजविराज/भदौ १६ गते।सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरमा एक बालकको करेन्ट लागेर ज्यान गएको छ ।
स्थानिय पवन यादवको नौ बर्षीय छोरा अर्जुनकुमार यादवको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट उनलाई करेन्ट लागेका थिए ।
करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post