nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : विवाहेत्तर सम्बन्ध, प्रेम र सम्पत्ति जस्ता कारणले परिवारकै सदस्यबाट ह“त्या का घटना बढ्दै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०७८, ६:३५ मध्यान्ह
प्रदेश २ : विवाहेत्तर सम्बन्ध, प्रेम र सम्पत्ति जस्ता कारणले परिवारकै सदस्यबाट ह“त्या का घटना बढ्दै

सन्तोष सिंह/धनुषा/भदौ १२ गते।धनुषाका भागेश्वर मण्डलले गत सोमबार राति आफ्नै बुबा र श्रीमतीको ह“त्या गरे । ३० वर्षीया पत्नी अमृता र ५५ वर्षीय बुबा रामवृक्षलाई आ प त्ति जनक अवस्थामा देखेपछि आक्रोशित भएका भागेश्वरले उनीहरूको ह“त्या गरेका हुन् ।

मिथिला विहारी नगरपालिका–५ ललियाका ३५ वर्षीय भागेश्वर वैदेशिक रोजगारीका क्रममा रहँदा ससुरा–बुहारीको सम्बन्ध सुरु भएको थियो । मलेसियाबाट ४ वर्षअघि फिरेका भागेश्वरले विवाह गरेका थिए । एक वर्षपछि फेरि कतार हानिए । गत चैतदेखि उनी धनुषास्थित घरमै बसिरहेका थिए । सोमबार पत्नी र बुबालाई आपत्तिजनक अवस्थामा देखेपछि उनले रिस थाम्न सकेनन् । पत्नी र बुबाका लागि एउटै चिहान खने ।

साउन ३० गते प्रेमीबाटै ह“त्या गरिएकी सर्लाही, लालबन्दी १७ रानीगन्जकी १४ वर्षीया प्रियंका भुजेलको श व कालिन्जोर खोलामा गाडिएको अवस्थामा भेटियो । स्थानीय १८ वर्षीय मनीष दाहालसँग गहिरो प्रेममा रहेका यिनी दुईबीच विवाहलाई लिएर विवाद थियो । दुवैबीच प्रेम रहेको हल्ला प्रियंकाका परिवारले थाहा पाए । प्रियंकाले मनीषलाई भागेर विवाह गरौं भन्दै अड्डी कसिन् । मनीष तयार भएनन् । प्रियंका नभागे हल्ला गर्छु भन्दै चिच्याइन् । मनीषले उनको मुख थुने । त्यही क्रममा प्रियंकाको मृ त्यु भयो । मनीषले उनको श व खोलामा गाडिदिए ।

०७८ जेठ १९ गतेदेखि बेपत्ता भएको भनिएकी महोत्तरी, लोहारपट्टी नगरपालिका–७ भमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको श व सडेगलेको अवस्थामा एक महिनापछि निर्माणाधिन शौचालयको जगमा पुरिएको अवस्थामा भेटियो । परपुरुषसँग लागेको भन्दै सुजितालाई योजना नै बुनेर ससुरा, देवर र आफ्नै बुबाले ह“त्या गरेका थिए । ह“त्या पछि उनीहरूले नै सुजिता बे प त्ता रहेको भन्दै भ्रम छर्न खोजी गरिरहे ।

यस्तै, ०७८ वैशाख १७ गते राति धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीमा ३५ वर्षीय शम्भू मण्डललाई २५ वर्षीया श्रीमती सुशीला मण्डलले देवर सुनिल मण्डल र सञ्जय मण्डलसँग मिलेर ह“त्या गरिन् । श्रीमान् विदेशमा हुँदा देवरसँग उनको सम्बन्ध बढेको थियो । श्रीमानले त्यो थाहा पाएपछि पत्नी–देवर मिलेर ज्यानै लिए ।

पारिवारिक कलह, प्रेम र यौनका घटनामा आफ्न्तबाटै ज्यानै लिनेसम्म घटना पछिल्लो समय प्रदेश २ मा बढेको छ । धेरैजसो घटनामा ह“त्या पछि शव लुकाउन गाड्ने प्रवृत्ति सबैतिर देखिएको छ । रोजगारीमा श्रीमान् विदेशमा हुँदा श्रीमतीको अरूसित लसपस हुनु र श्रीमान् घर फर्किंदा श्रीमती अरूसितै घरजम गरिसकेको घटना समाजमा त छँदैथियो । तर, अहिले त्यस्ता सम्बन्धले ह“त्याको रूप लिन थालेको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी २२ वर्षीया प्रियांका देवीको ह“त्या आरोपमा उनका पति सन्तोष पासवान पुर्पक्षका लागि थुनामा छन् । ०७८ असार ४ गते राति सुत्ने तरखरमा रहेका उनीहरूबीच झगडा भयो । आक्रोश थाम्न नसकेका पति सन्तोषले पत्नीको घाँटी थिचेर ह“त्या गरिदिए । यी दुईबीच झगडा पर्नुको कारण पनि पत्नी अरूसित लागेको सन्तोषको आशंका थियो । त्यही रिसमा उनले पत्नीको ज्यानै लिए ।

‘परिवारमा आर्थिक, सामाजिक मर्यादाविपरीतको गतिविधि, सामाजिक अनुशासन, सम्पत्तिमा लोभ र प्रतिशोधका कारण परिवारकै सदस्यबाट हत्या भइरहेको छ,’ एसपी रानाभाटले भने, ‘यस्ता घटना समाजका लागि घातक हो ।’ उनका अनुसार प्रतिशोधको भावना आएपछि आफ्ना र पराई छुट्याउन सक्ने अवस्था हुँदैन । यी कलहमा वैदेशिक रोजगारीको फ्याक्टर पनि जोडिन्छ । ‘वैदेशिक रोजगारले घरघरमा आफ्नै खाले कलह छ । कतै ऋणकै पिरलो हुन्छ । कतै घर बिग्रेलाजस्तो हुन्छ,’ रानाभाटले भने, ‘परिवारिक विखण्डन परिवारभित्र हुने हत्याको प्रमुख कारण हो ।’

जनकपुरका मनोचिकित्सक डा.रोविन झाका अनुसार नकारात्मक सोच हावी हुँदा यस्ता घटना बढेका छन् । घरपरिवारको कलहले निम्त्याएको रिस थाम्न नसकेपछि हत्यासम्म हुने गरेको उनको बुझाइ छ । ‘मानसिक रोगीले मात्रै हत्या गर्ने सम्भावना हुँदैन,’ डा.झाले भने, ‘रिस सहन नसकेर सानो विषयलाई पनि ठूलो मुद्दा बनाउँदा मान्छे झन्झन् रिसाहा बन्छ । उसमा बदलाको भावना बलियो गरी जरो गाड्छ । यस्ता मनोप्रवृत्तिको पनि उपचार छ ।’

घरपरिवारमै आफन्तबाटै ह“त्या सम्मको घटना बढेपछि प्रदेश २ प्रहरी कार्यालयले यसको सामाजिक, मानसिक र पारिवारिक कारण केलाउँदै कारबाहीसँगै चेतनामूलक अभियान थाल्नुपर्ने विषयमा छलफल अघि बढाएको छ । प्रदेश २ प्रहरीका प्रमुख डीआईजी उमेश रञ्जितकारका अनुसार अपराधको मोडालिटी फेरिएकाले प्रहरी र समाज पनि त्यसैअनुरूप हिँड्नुपर्ने समय आएको छ ।

‘पछिल्लो समयमा भइरहेको ह“त्या मा इज्जत र प्रतिष्ठालाई प्रमुख कारण बनाएको देखिन्छ,’ डीआईजी रञ्जितकारले भने, ‘परिवारका सदस्यबाटै ह“त्याका घटना बढेकाले पछिल्ला घटनाक्रम, अपराध अनुसन्धानको अवस्था, पीडितलाई न्याय र पीडकलाई भएको कारबाहीसहित आपराधिक घटनाको अडिट गर्ने समय आएको छ ।’

स्रोत-कान्तिपुर बाट

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!