जनकपुरधाम/भदौ १० गते।धनुषामा पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई अदालतले १० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । यस्तै पीडितलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन र त्यति नै जरिवानाको सजाय पनि सुनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नै पत्नी आरती साहमाथि २०७७ कात्तिक २९ गते दीपावलीको दिन एसिड आक्रमण गरेका थिए ।
जिल्ला अदालत धनुषाले यसअघि श्रीमान् सञ्जीव साहलाई दोषी ठहर गरेको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सञ्जीव साहलाई दोषी ठहर गरेको थियो भने यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई अदालतले सफाइ दिएको थियो ।
यसअघि २५ साउनमा धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएका साहलाई अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीवलाई कैद र जरिवाना तोक्ने आदेश दिएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।





















Discussion about this post