विसुनदेव सरदार/सिरहा/भदौ ९गते।धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने गरिब अति विपन्न असहाय सीता देवी रायलाई जनकपुर युवा संस्थाले मंगलबार रु. १५ हजार राशिको रकम हस्तान्तरण गरिएको छ।

उक्त रकम जनकपुर युवा संस्थाका स्टाफहरुको तलबबाट राशि हस्तान्तरण सहयोग गरेका हुन।गत २३ गते मो.ईमरानसँग घर चलाउन खाँचो भएको भन्दै साथै बच्चाहरु विरामी भएको समस्या बताउदै सीता देवी राय समाजसेवी ईमरानसँग सहयोगको उपेक्षा गरेका थिए।
समाजसेवा हाम्रो धर्म हो । त्यसैले समाजसेवा गरौं ; समाजमा परिवर्तनमा उर्जा प्रदान हुने कुरामा इमरानले दावा गरेका छन।
संस्थाका अध्यक्ष नुर राईनको अध्यक्षता , सरसफाइ अभियन्ता तथा समाजसेवी मोहम्मद इमरान , धिरेन्द्र कुमार , जनकपुर युवा क्रिकेट खिलाडी केशव , आकाश , आकाश राय , दिपक , मुकेश लगायत दर्जनौं युवा तथा स्थानीयहरुको उपस्थिति देखिएको थियो ।
आफ्नो ठाउँ आफ्नै जिम्मेवारी । हाम्रो शहर हाम्रै रहर।





















Discussion about this post