nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रादेशिक अस्पताल जनकपुरको आम्दानी अपारदर्शी , सामान्य कामका लागि पनि परामर्शवापत लाखौँ खर्च

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ५, २०७८, १०:२५ मध्यान्ह
प्रादेशिक अस्पताल जनकपुरको आम्दानी अपारदर्शी , सामान्य कामका लागि पनि परामर्शवापत लाखौँ खर्च

राजा झा/जनकपुरधाम/भदौ ५ गते।प्रादेशिक अस्पताल जनकपुरले सटरहरु भाडामा लगाएकोमा त्यसको आम्दानी पारदर्शी नभएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सटर भाडा वापतको करिब ९२ लाख रुपैयाँ असुल गर्नुपर्ने रहेको जनाएको छ।

शुक्रबार महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन सार्वजनिक गरेकोमा प्रादेशिक अस्पताल जनकपुरले विगतमा गरेको सटरभाडा सम्बन्धी सम्झौताको अभिलेख नराखेको जनाएको छ।

लेखापरीक्षणको समयमा कार्यालय र विभिन्न १९ व्यवसायीसँग भएको सम्झौताअनुसार एक आर्थिक वर्षको र ५० लाख ५३ हजार रुपैयाँ भाडा प्राप्त हुनुपर्ने देखिएकोमा आर्थिक वर्ष २०७६/७७ मा २९ लाख ११ हजार रुपैयाँ असुली भएको र बाँकी २१ लाख ४२ हजाररुपैयाँ तथा विगतको असुल गर्न बाँकी रहेको ७० लाख ५३ हजार रुपैयाँ गरी जम्मा ९१ लाख ९५ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनको अनुसार विगतको असुल गर्नुपर्ने बाँकी राजश्व ७० लाख ५३ हजार रुपैयाँकाे अभिलेख प्रमाणित नरहेकोले यसको पनि यकिन गर्ने आधार नरहेको उल्लेख गरिएको हो।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम १० मा राजश्वको लेखा अद्यावधिक गरी असुल एवं दाखिला गर्नुपर्ने र नियम १३ मा आर्थिक वर्ष समाप्त भएको ३५ दिनभित्र असुल गर्न बाँकी राजश्वको कच्चावारी तयार एवं भिडान गरी राजश्वको आर्थिक विवरण तयार गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै अस्पतालले आर्थिक कार्यविधि नियमावली,२०६४ को नियम ३६(३) बमोजिम कुनै रकमको भुक्तानी दिँदा खर्चको बिल भरपाई सहित लेखा राख्नुपर्ने र ३६(८) बमोजिम रीत पुगे नपुगेको जाँच गरेर मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था रहेकोमा त्यस्तो गरेका छैनन्।

आर्थिक वर्ष २०७६/७७ मा अस्पतालले सादा कागजमा कर्मचारीहरुको दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको भुक्तानी उल्लेख गरी १ करोड ४१ लाख ३८ हजार रुपैयाँ खर्च भएको जनाएको छ। यद्यपी अस्पतालसँग उक्त खर्चको श्रेस्ता माग गर्दा पेस नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ।

आवश्यकता नपर्ने सामान्य काममा पनि परामर्शवापत लाखौँ खर्च

प्रादेशिक अस्पतालले सामान्य कामको लागि पनि परामर्श सेवा लिएर लाखौँ रुपैयाँ खर्च गरेको पाइएको छ। प्रादेशिक अस्पतालले परामर्शको आवश्यकता नै नरहेको सामान्य कामको लागि परामर्शवापत ९ लाख ४४ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२(४) मा परामर्श सेवाको लागत अनुमान तयार गर्नुपर्ने र नियम ८५(४) मा कम्तिमा ३ वटा फर्मबाट दरभाउपत्र लिई रु.५ लाखसम्मको परामर्श सेवा लिन सकिने व्यवस्था छ।

अस्पतालले क्यान्टिन विल्डिङ्ग र नर्सिङ्ग विल्डिङ्ग ईन्डोर आउटडोरको सर्भे डिजाईन र लागत अनुमानको लागि लिएको परामर्शमा सो रकम खर्च गरेको छ।

महालेखापरीक्षकको कार्यालयले सामान्य कामको लागि लिएको परामर्शमा परामर्शदाताले सर्भे डिजाइन र लागत अनुमान तयार गर्ने उल्लेख भएकोमा लागत अनुमानको मात्र प्रतिवेदन उपलब्ध गराएकोले ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेमा पुरै गरिएकोले ४ लाख ७२ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

पूरा नभएको कामको पनि भुक्तानी

अस्पतालले पूरा नभएको कामको पनि भुक्तानी दिएको पाइएको छ। अस्पतालको क्यान्टिन भवन निर्माण पूरा नभएको अवस्थामा समेत २१ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

अस्पतालले क्यान्टिन भवन निर्माणको काम पूरा भएको भनी एक कन्स्ट्रक्सनलाई दोश्रो तथा अन्तिम बिलको २१ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ तर त्यस भवनको निरीक्षण गर्दा पार्टेसन र ढोका राख्ने काम बाँकी नै रहेको देखिएको छ।

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(८) मा भुक्तानी पूर्व रीत पुगे नपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनु पर्ने व्यवस्था छ। नभएको कामको भुक्तानी गर्नेलाई कानुन बमोजिम कारवाही गरी ४ लाख ४ हजार रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ।

साभार-देश सञ्चार

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!