बुटवल/भदौ ३ गते । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो च ’रित्र ह ’त्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी छ ।
बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे बताएकी छिन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले च ’रित्र ह ’त्या गर्ने दु ’स्प्र या स गरियो यसको म कडाभन्दा कडा नि’न्दा गर्न चहान्छु’ उनले भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आ’श्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’
विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट च ’रित्र ह ’त्या को दु’स्प्र या स भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन् ।
आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको भनाइ छ । ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी प’रित्याग गर्न द’वाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दु’स्प्रयास स्वरुप नै मेरो च ’रित्र ह ’त्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु’ विज्ञप्तिमा उनले लेखेकी छन् ।
वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्या’क गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन् । ‘मेरो फेसबुक कसैले ह्या’क गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र ग’म्भीर बनाएको छ’ फेसबुक वालमा बस्नेतले लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर च’ रित्र ह ’त्या र बद्नाम गर्न खोजिएको छ ।’ बस्नेतले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।
तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमलाले नेकपा खारेजपछि माओवादी केन्द्र रोजेकी थिइन् । उनलाई एमालेले पार्टीमा ल्याउन निकै प्रयास गरेपनि असफल भएको थियो । लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार गिर्न विमला नै निर्णायक बनेकी थिइन् ।
Discussion about this post