सिरहा/भाद्र १ गते।सिरहाबाट लागूऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त शुभाष बुढाथोकीका अनुसार २ नं. प्रदेश प्रहरी कार्यालय, जनकपुर र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई प क्रा उ गर्न सफल भएको छ ।
प क्रा उ पर्नेहरुमा बरियारपट्टी गाउँ पालिका ३ बस्ने २२ वर्षीय प्रमोद कुमार यादव र जिल्ला सिरहा सुखिपुर नगरपालिका १० बस्ने २८ वर्षीय धनजित यादव छन् ।
दुबैजनालाई मंगलबार दिउँसो गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा लागूऔषधसहित प्रहरीले प क्रा उ गरेको हो ।
दुबैजनाको साथबाट प्रहरीले लागूऔषध नाइटूाभट ट्यावलेट ९ सय वटा बरामद गरेको छ । यस्तै अनटेस्ट पल्सर मोटरसाइकल १ थान, मोबाइल २ थान र ३ हजार ३४६ रुपैयाँ बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
















Discussion about this post