जनकपुरधाम/श्रावण ३२ गते।सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको स्रोतले जानकारी दिएको छ ।
अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका हरिशंकर मिश्र महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् ।उनी नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएका थिए ।














Discussion about this post