अरुण कुमार अक्षय/राजविराज/श्रावण ३२ गते।सप्तरी प्रहरीले ८५ कार्टुन स्याउसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१२ बाट आज एक जनालाई प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा सोही ठाउँका शिवम पण्डित रहेको प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ २ वटा ठेलामा राखेर लैजाँदै गर्दा उनलाई प क्रा उ गरिएको प्रहरीले जनाएको छ । साथै एक जना ठेला चालक भने भागेको प्रहरीले जनाएको छ ।
दुई वटा ठेलामा २५ कार्टुन राखेर लैजाँदा गर्दा प क्रा उ परेका पण्डितले स्थानीय मनोज मुखियाको गोठबाट उक्त स्याउ ल्याएको बताइएको छ ।
मुखियाको गोठमा पुग्दा थप ६० कार्टुन स्याउ बरामद भएको प्रहरीको भनाई छ । करिब रु तिन लाख पैतालिस हजार मुल्य बराबरको स्याउ रहेको जनाइएको छ ।
प क्रा उ परेका पण्डितलाई स्याउ ठेलासहित आवश्यक कार्वाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।















Discussion about this post