काठमाडौँ/श्रावण २९ गते। रौतहट ब म वि स्फो ट को अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ ।
आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा दिएको निवेदनमा शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। तर, मुद्धाको पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको हाे ।
२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय ब म बि स्फो ट हुँदा घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मा रे को अभियोगमा आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थियाे । त्यसपछि उनले उक्त आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।














Discussion about this post