अरुण कुमार यादव/राजविराज/श्रावण २८ गते।अन्र्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा आज यहाँ पाँच बिद्याका उत्कृष्ट युवाहरुलाई सम्मानित गरिएको छ ।

सप्तरीको राजविराजस्थित जिल्ला खेलकुल बिकासमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रमा काम गर्ने ति पाँच जना युवालाई समान्न गरिएको हो ।

सप्तरी युथ नेपाल,सबल नेपाल,क्रिकेट संघ र सेभ द चिल्ड्रेनले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीे जयनारायण अचार्यले सहकारी संस्थाका ब्यवस्थापक बिनोद रजक,उद्यम क्षेमा उत्कृष्ट गर्ने अमृत संचेती,खेल्कुद बिद्यामा उत्कृष्ट चिरप्रचित निरजव यादव,समाजिक क्षेत्रमा घरपरिवारलाई स्वास्थ्य खानेपानी ब्यवस्थापन गर्ने मो.जकउल्ला,कलाकार क्षेत्रमा उत्कृष्ट गर्ने रिनजन शर्मा(करन)लाई दोस्ला ओढाएर कदरपत्र सहित समान्न गरिएको छ ।

सो समान पछि कार्यक्रममा प्रजिअ अचार्यले युवा देशको भबिष्यका करुना धार भएकोले यही देशमा आफनो मेहन्त गरेर प्रगती गर्नुपर्ने बताए । राष्ट्रिय समृद्धिको बिकासका लागि युवा वर्ग नै चाहिएकोले आफनो दायित्व निर्वाह गनुपर्ने उनले जोड दिए ।
अहिले वैदेशीक रोजगारीमा जानुपर्ने बाध्यता रहेको भन्दै युवाहरुले आफै गाउँघरमा रोजगारीमा लागेमा घरपरिवार र देशको बिकासमा समेत सहयोग हुने बिश्वास ब्यक्त गरे । १६ बर्ष कै उमेरमा युवाहरु वैदेशिक रोजगारीमा जान लागेको भन्दै यस उमेरमा पढेर लोकसेवा तर्फ ध्यान दिएमा यही देशमा जागिर पाउन सकिने उनले बताए ।
सप्तरी युथ नेपालका सचिव आयुष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष जयनारायण मंडल,समिर झा,क्रिकेट संघको उपाध्यष धर्मेन्द्र चौधरी, पत्रकार महासंघका सह–सचिव चनदन यादव,सप्तरी युथ नोपालका उपाध्यक्ष मोहन यादव,सचिव आयुष श्रेष्ठ,कोषध्यक्ष बिष्णु यादव र सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक अरुण महतो लगायतकाले अहिलेका युवाहरु लगुऔषधमा फसेकाले त्यसलाई सुधार गर्नुपर्ने बताएका छन ।
सो कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस)का पत्रकार अरुण कुमार यादव र पत्रकार महासंघका सह–सचिव चनदन यादवसहित एक दर्जन ब्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम भने सप्तरी युथका सदस्य अमर यादवले संचालन गरेका थिए ।





















Discussion about this post