कुलदिप दास ‘प्रेम’/जनकपुरधाम /श्रावण २६ गते।धनुषामा आज सांझ भजनकिर्तन भइरहेको बेला माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ पर्सा टोलका बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।
ज्यान जानेमा लक्ष्मीनिया गाउपालिका ३ का बिन्दा दास र सोही ठाउका मनिराम यादव रहेको प्रहरीले जनाएको छ ।
घटनापछि किर्तन बन्द भएको छ । मृत्यू भएका दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ।














Discussion about this post