जनकपुरधाम। नेपाल विद्युत प्राधिकरणले जनकपुरदेखि रामेछापसम्मका ८ वटा वितरण केन्द्रमा आकस्मिक लोडसेडिङ गर्ने भएको छ।
प्राधिकरणको ढल्केबर ग्रीड शाखा अन्तर्गतको ढल्केबर सव स्टेशनमा जडान गरिएको १३२/३३ केभी ३० एमभीए क्षमताको पावर ट्रान्सफरमरमा खराबी आउँदा ८ वितरण केन्द्रमा आकस्मिक लोडसेडिङ हुन लागेको प्राधिकरणले जनाएको छ।
खराबी आइ बन्द अवस्थामा रहेको ट्रान्सफरमर बदली गर्न कम्तिमा १५ दिन लाग्ने भएकाले ती वितरण केन्द्रहरुमा कम्तिमा १५ दिनसम्मै निश्चित समय लोडसेडिङ हुन लागेको प्राधिकरणको भनाइ छ।

लोडसेडिङ हुने वितरण केन्द्रहरुमा जनकपुर, धनुषाधाम, सखुवा, जलेश्वर, गौशाला, यदूकुहा,सिन्धुली र रामेछाप छन्।
प्राधिकरणले शनिबार जारी गरेको एक सूचनामा ‘उक्त पावर ट्रान्सफरमर बदली गर्न अनुमानित १५ दिन लाग्न सक्ने भएकाले तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा केही लोड व्यवस्थापन गर्न आकस्मिक लोडसेडिङ गर्नुपर्ने हुनाले’ भनिएको छ।






















Discussion about this post