रौतहट/श्रावण २५ गते।रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दु र्घ ट ना हुँदा एक जनाको ज्यान गएको छ ।
चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दु र्घ ट ना भएको छ ।

बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक जना तीर्थालुको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । बिहान ४ बजे भएको दुर्घटनामा परेर बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर- १ नुनथर जाने बाटो को नहरमा दु र्घ ट ना भएको हो ।
नहरमा खसेका १३ जनाको प्रहरीले उद्धार गरेको छ । गाडीमा करिब २० जना सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।





















Discussion about this post