nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यी हुन संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २४, २०७८, ९:१६ मध्यान्ह
यी हुन संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम

;fj{hlgs ul/Fb} sf7df8f}F, @$ ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjf dfcf]jfbL s]G›sf cWoIf k'iksdn bfxfn k|r08nufot ;Qf u7aGwg sf g]tfx¿ cfOtaf/ k|wfgdGqL sfof{no l;+xb/af/df ;+o'Qm ;/sf/sf] ;femf Go"gtd sfo{qmd ;fj{hlgs ub}{ . t:jL/M /f;;

काठमाडौँ/श्रावण २४ गते।नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको छब्बीसौँ दिनमा ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक भएको छ । कार्यक्रममा दुई वटा मूल शीर्षकमा कूल ९८ बुँदा छन् ।

अधिकांश कार्यक्रमका कुरा पहिलेकै पुनरावृत्ति भए पनि केही नयाँ कार्यक्रम परेका छन् ।

‘संयुक्त सरकारका प्राथमिकताहरू’ भनिएको पहिलो शीर्षकमा ११ वटा बुँदा छन् । ‘संयुक्त सरकारका नीति तथा कार्यक्रमहरू’ भनिएको दोस्रो शीर्षक अन्तर्गत १० वटा उपशीर्षकमा ८७ बुँदा छन् ।

न्यूनतम साझा कार्यक्रममा कोभिड महामारीबाट जनताको जीवन रक्षा र संघीयता कार्यान्वयनमा विशेष जोड दिइएको छ । कोभिडबाट सङ्टग्रस्त उद्योग व्यवसायका लागि राहत प्याकेज पनि प्राथमिकतामा छ ।

प्राथमिकताको एउटा बुँदामा ‘संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरणका लागि आवश्यक कानून तर्जुमा गर्ने र संसदमा विचाराधीन विधेयकहरू टुङ्गो लगाउने’ भनिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले संघीयता कार्यान्वयनको विषय महत्वका साथ उठाउँदै आएको छ ।

आगामी असोजसम्ममा एक तिहाइ नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था गर्ने भनिएको छ ।

खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने भनिएको छ । साझा कार्यक्रममा परेको यो नयाँ कामको बुँदा हो ।

एउटा बुँदामा ‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्ने र दोषी देखिएका व्यक्ति/संस्था उपर कानूनी कारबाही गर्ने’ भनिएको छ ।

यो बुँदाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको किटान गरेको छ । कोभिड सम्बन्धी उच्चस्तरीय समिति (सीसीएमसी) का संयोजक रहेका तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि अनियमितताको आरोप लागेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अनियमितता भएको भए छानविन गर्ने’ बताउने गरेका भए पनि उनले अनियमितता नभएको भनेर बचाउ गर्ने गरेका थिए ।

दोस्रो शीर्षकको ३ नम्बरमा ‘सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण’ उपशीर्षक अन्तर्गत १० वटा बुँदा छन् । यसमा कानून निर्माण, तीन तहका सरकारहरूको क्षेत्राधिकार, निकायहरू हस्तान्तरण लगायतका विषयहरू समेटिएका छन् ।

साझा कार्यक्रममा ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नेपाली जनताको जिउधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीतिमा आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने र देशको स्वाभिमानको रक्षा गर्ने’ भनिएको छ ।

‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता’ रक्षाको कुरा नेपाली सेना अन्तर्गत पर्छ भने ‘जनताको जिउधनको रक्षा’ प्रहरी अन्तर्गत पर्छ । साझा कार्यक्रमले सुरक्षाका यी दुवै क्षेत्रमा परिमार्जन चाहेको देखिएको छ ।

साझा कार्यक्रममा ‘सङ्घीयता कार्यान्यनका लागि तीन तहका सरकारको क्षेत्राधिकार र अन्तरसम्बन्धलाई संविधान बमोजिम कार्यान्वयन गर्ने’ र ‘संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकायहरू हस्तान्तरण गर्ने’ भनिएको छ ।

यसैगरी अर्को बुँदामा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानमा उल्लिखित साझा अधिकारका सूचीसँग सम्बन्धित कानून लगायत अन्य ऐन कानूनहरू प्राथमिकताका साथ तर्जुमा गर्ने’ भनिएको छ ।

प्रदेश सरकारहरूले संघीय सरकारले बनाउनुपर्ने कतिपय कानूनहरू नबनाइदिएका कारण काम गर्न नपाएको भन्ने गुनासो गर्दै आएका छन् ।

सरकारले ‘प्रदेशसँगको समन्वयमा प्रदेश प्रहरी समायोजनको काम यथाशीघ्र सम्पन्न गर्ने’ भनेको छ ।

प्रदेश प्रहरी बन्ने गरी संघीय सरकारले काम नगरेको भनेर प्रदेश सरकारहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

एउटा बुँदामा ‘शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र लगायत सामाजिक तथा सार्वजनिक क्षेत्रका पदहरूमा नियुक्ति र पदोन्नति गर्दा सरकारले क्षमता, योग्यता, वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा पारदर्शी प्रणाली अवलम्बन गर्ने’ भनिएको छ ।

सत्तारूढ दल निकटका र नेताहरूका आफन्तहरूले उच्च नियुक्तिहरूमा प्राथमिकता पाउने गरेको भन्दै नियुक्ति प्रक्रियामा सरकारको चर्को आलोचना हुने गरेको छ । स्वतन्त्र संस्थाहरूमा राजनीतीकरण गरेको भन्ने आरोप पनि लाग्ने गरेको छ ।

एउटा बुँदामा ‘विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने’ र ‘पदोन्नति प्रणालीलाई व्यवस्थित गर्न विश्वविद्यालय ऐनमा सुधार गर्ने’ भनिएको छ ।

सरकारले प्रशासनिक सुधारमा पनि जोड दिएको छ । एउटा बुँदामा ‘सार्वजनिक सेवा प्रवाहमा लाग्ने समयम एक तिहाईले घटाउने गरी प्रशासनिक सुधार गर्ने’ भनिएको छ ।

अर्को एउटा बुँदामा ‘सशस्त्र सङ्घर्षको सन्दर्भमा गिरफ्तार गरिएका बन्दीहरूलाई बृहत् शान्ति सम्झौताको भावनाअनुसार रिहा गर्ने’ भनिएको छ । सरकारले लाल आयोगको प्रतिवेदन सर्वजनिक गर्ने भएको छ ।

यसैगरी ‘तराई मधेशमा भएका विभिन्न आन्दोलनहरूको वेला लगाइएका मुद्दाहरूको पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएका व्यक्तिको रिहाइ गर्ने’ भनिएको छ ।

खास गरी यो बुँदा रेशम चौधरीको रिहाइ र अन्य केही बन्दी र मुद्दाहरूसँग सम्बन्धित छन् । जसपाले यो विषय उच्च प्राथमिकताका साथ उठाउँदै आएको छ ।

साझा कार्यक्रममा ‘मुलुकको मध्य भागमा पर्ने गरी एउटा हाइटेक सिटी निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने’ भनिएको छ ।
यस्तै मिल्दोजुल्दा कार्यक्रम यसअघिको सरकारले सार्वजनिक गरेको भए पनि यो कार्यक्रम नयाँ हो ।

सरकारले ‘परराष्ट्र सम्बन्ध सञ्चालनमा राष्ट्रिय सहमति कायम गर्ने’ भनेको छ ।

अन्य धेरैजसो कार्यक्रम यसअघि विभिन्न समयमा सार्वजनिक भइसकेकै मध्ये हुन् । कतिपय अमूर्त कार्यक्रम पनि छन् तर केही कार्यक्रममा प्रत्यक्षरूपमा कामको प्रगति हेर्न मिल्ने किसिमका छन् ।

Tags: राष्ट्रिय

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!