जनकपुरधाम/श्रावण २३ गते ।संयुक्त राष्ट्रसंघको आह्वानमा वि.सं. २०५६ अर्थात सन् १९९९ को अगस्ट १२ तारिखको दिनदेखि ‘अन्तर्राष्ट्रिय युवा दिवस’ विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै यो दिवस मनाउन सुरु गरिएको हो ।
हरेक वर्ष अगस्ट १२ का दिन विभिन्न युवा सम्बन्धी नाराहरूका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाउने चलन रहेको छ । सोही अनुरुप धनुषा जिल्लामा सक्रिय संस्था जिल्ला युवा सञ्जाल धनुषाले बिगत ५ बर्षदेखी निरन्तर बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी बिभिन्न कार्यक्रमको आयोजना गरी युवा दिवस मनाउँदै आएको छ ।
जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा मा नेपाल पत्रकार महासंघ को सभाहल मा धनुषा जिल्लामा सक्रिय संघ संस्थाहरु को प्रतिनिधिहरुको समन्वय बैठक ले यही साउन २८ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागी तीन दिबसीय कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
तीन दिने कार्यक्रम अन्तर्गत २८ गते कोभिड सचेतना प्रदर्शनी र साँझमा दिप प्रज्वलीत गरी २ जना महिला उद्यमीलाई आर्थिक सहयोग गर्ने, २९ गते ट्राफिक सचेतनासँगै नेपाल सरकारको मास्क लगाउ अभियानलाई सहयोग गर्ने र ३० गते रक्तदान कार्यक्रमको आयोजना गरी रेडियोमा युवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
यस कार्यक्रमका लागि ओरेक नेपाल, इन्सेक, उन्नत नेपाल, WHRD, मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, जि. ट्राफिक कार्यालय धनुषा ,नील हीरा समाज , माण्डबी, एमनेस्टी इन्टरनेसनल, महीला समुह 57 र नेपाल हृदय फाउन्डेसनले सहकार्य गरेको सञ्जालका महासचिव कुलदिप साह मधेशीले जानकारी दिए ।
उनका अनुशार यो कार्यक्रम कोरोना को तेश्रो लहरको मुखमा रहेको ले केही कार्यक्रम हरु पोष्ट पेन्ड गरेको छ र युवाको क्षेत्रमा काम गर्न सक्रिय संस्थाहरुको साझा कार्यक्रम रहेकोले यो कार्यक्रम संग सहमत अरु छुटिएका संघ संस्था संग पनी सहकार्य गर्न इच्छुक रहेको वहाँले जानकारी दिएको छ ।














Discussion about this post