सर्लाही/साउन २२ गते । सर्लाहीमा पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

फुटबल खेलाडी बोकेको प्रदेश–२–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।
फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै परवानिपुरतर्फ हिँडेको भ्यान लालबन्दी–६ स्थित फुटबल चौर अगाडि दुर्घटना हँुदा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको ज्यान गएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
दाहालको उपचारका क्रममा नमुना अस्पताल हरिवनमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगञ्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
सामान्य घाइते २२ जनाको लालबन्दीको गढीमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको र धमाधम डिस्चार्ज भइरहेका प्रहरी निरीक्षक थापाले बताए । दुर्घटनापछि पिकअप चालक फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post