जनकपुरधाम/श्रावण २२ गते।संघीयताका लागि भएको मधेश आ न्दो ल न र संविधान संशोधनका लागि भएको वि द्रो ह मा मधेशमा कयौं नागरिकले ज्यान गुमाए।
संविधान संशोधनको मागसहित गरिएको आ न्दो ल नमा नेता राजेन्द्र महतोले मधेश आन्दोलन सफल भएर मधेशमा आफूहरुको सरकार बने प्रत्येक स हि द परिवारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रदेशका जनताले पनि प्रदेश २ मा सरकारको नेतृत्व गर्ने जिम्मा मधेशवादी दललाई नै दिए । प्रदेशमा मधेशवादी दलको सरकार बनेलगत्तै प्रदेश सरकारले मधेश आ न्दो ल नमा श हा द त प्राप्त गरेका प्रत्येक परिवारबाट योग्यताअनुसारको जागिर दिने घोषणा गरेको थियो। साथै सरकारले मधेशी स हि द प्रतिष्ठान खोल्ने घोषणासमेत गर्यो। स हि द हरुकै नाउँमा प्रत्येक वर्ष विभिन्न मन्त्रालयमार्फत् विभिन्न योजनाहरुसमेत सञ्चालन भइरहेका छन्।
तर स हि द ह रु को नाममा सञ्चालित अधिकांश योजनाहरुको रकम रकमान्तर गरेर अन्यत्र खर्च गरिएको पाइएको छ। सहिद परिवारका लागि तय गरिएका योजनाहरु सञ्चालन नै नगरेर योजनाका लागि छुट्याएको रकम तलब भत्तामा खर्च गरिएको पाइएको छ।
प्रदेश २ को समाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८मा मधेस आ न्दो ल नको क्रममा स हि द भएका, अंगभंग तथा घाइते भएका व्यक्तिका परिवारका सदस्यहरुका लागि स्वरोजगार कार्यक्रम योजनाको नाममा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
त्यस्तै मधेस स हि द प्रतिष्ठानका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर विनियोजित रकम योजना पुस्तिकामा मात्रै सिमित रह्यो। सो शीर्षकमा छुट्याइएको रकम रकमान्तर गरिएको छ।
मन्त्रालयका शाखा अधिकृत रामहृदय यादवका अनुसार मन्त्रालय मातहतका कार्यालयहरुले माग गरेको अपुग अनिवार्य दायित्वका शीर्षकहरुमा पारिश्रमिक, विद्युत महसुल, स्वास्थ्य सुरक्षा सामग्री खरिद आदिमा खर्च गरिएको जानकारी दिए। उनले सो शीर्षकका सबै रकम रकमान्तर गरी तलब भत्तामा खर्च गरिएको बताए। स हि द प्रतिष्ठकानका लागि सामाजिक विकास मन्त्रालयले छुट्याए पनि सो प्रतिष्ठान आन्तरिक मामिला मन्त्रालयको मातहतमा गठन गरिएको छ। सो प्रतिष्ठानको संयोजकसमेत आन्तरिक मामिला मन्त्रीलाई नै बनाइएको छ। प्रतिष्ठान बनाइए पनि यसको काम भने खासै अगाडि बढ्न सकेको छैन।
मधेसी स हि द परिवार हकहित संर्घष समितिका संयोजक वीरेन्द्र रायले सरकारले पटकपटक स हि द परिवारका लागि योजनाको नाममा रकम राख्ने तर त्यसलाई कार्यान्वयन गर्न आलटाल गर्दै आइरहेको आरोप लगाए। रायले भने ‘प्रतिष्ठानमा दुई जना स हि द परिवारबाट राख्ने प्रवाधान छ, तर स हि द परिवारमध्ये कसैलाई सामेल गरिएको छैन।’ प्रतिष्ठानको नाममा प्रदेश सरकारले हामीलाई ठग्ने धन्दा शुरु गरेको छ।
सहिद परिवारप्रति प्रदेश सरकारको रबैया यस्तै रह्यो भने फेरि आफूहरु बाध्य भएर आ न्दो ल नमा उत्रिने रायले चेतावनी दिए।





















Discussion about this post