एजेन्सी।बलिउड फिल्म क्षेत्रमै केहि प्रख्यात नायिकाहरु छन्, जसका दिदि-बहिनी नै फिल्म क्षेत्रमा निकै चर्चा कमाएका छन् । आफु प्रख्यात भएसँगै आफ्नो दिदि बहिनी पनि प्रख्यात रहोस् भन्ने चाहने गर्छन् र याे चाहना सबै दिदि बहिनीकाे हुन्छ । बलिउडका केहि यस्तो दिदि-बहिनि जो बलिउडमा देखा परे।
कोहि दिदि-बहिनि बलिउडमा निकै प्रख्यात रह भने कोहि ठिकै मात्रामा चर्चित रहे भने कोहि चल्न सकेनन्। कतिपय दिदि बहिनी हुन भनेर चर्चामा छन् भने कोही दिदि-बहिनी खासै चर्चित छैनन् । कतिपय दर्शकालाइ थाहा नै छैन् । हामी बलिउडका केहि दिदि बहिनीका बारेमा चर्चा गर्दै छाै ।
प्रियंका-परिणीति चोपडा
प्रियंकाको नाम बलिउडमा मात्र नभएर हलिउडमा पनि प्रख्यात भैसकेको छ। उनि अाफुभन्दा कान्छा हलिउड अभिनेत निकसँग बिवाह गरेर अमेरिकामा बसोवास गरिरहेकी छन् । साथै उनकी बहिनि परिणीति चोपडा पनि बलिउडमा राम्रै चलेको नाम हो।

शिल्पा/ शमिता शेट्टी
शिल्पा शेट्टी बलिउडको सफल अभिनेत्री हुन् । उनि निकै सफल भएपनि उनकी बहिनि शमिता शेट्टी भने बलिउडमा खासै चल्न सकिनन् ।

मलाइका र अमृता अरोड़ा
मलाइका र अमृता अरोड़ा बलिउडमा आइ-टम नम्बरको लागि प्रख्यात रहेका छन्। फैशनको मामलामा दुवै जना शीर्ष स्थान आउने गर्छन्। यी पनि दिदिबहिनी नै हुन् ।

काजोल र तनीषा
आफ्नै दिदि-बहिनि हुन् काजोल र तनीषा । कजोलले बलिउडमा राम्रै पहिचान बनाउन सकेपनि तनिशाले भने खासै सफलता पाउन सकिनन्। त्यस्तै चर्चित नायिका रानी मुखर्जी पनि काजोलको सम्बन्धमा बहिनी नाता पर्छिन्। त्यसकारण काजोलका श्रीमान बलिउडका चर्चित नायक अजय देवगण र रानी साली भेनाका रूपमा चर्चित छन् ।

करिश्मा र करीना
करिश्मा र करीना दुवै बलिउडका हिट सिस्टर्स जोडि मध्य एक हुन । बलिउडमा आफ्नो-आफ्नो समयमा उत्कृष्ठ अभिनयले मन्त्रमुग्ध बनाउन सफल भएका थिए करिश्मा र करीना । करिश्मा लामो समयदेखि फिल्मी क्षेत्रबाट टाढा छिन् तर पनि फिल्मी दुनियाँमा कमब्याकको तयारीमा रहेको समाचार बाहिरिएका छन् । करिना भने सैफ अलि खानसँग बिवाह गरेर पारिवारिक जीवन र फिल्मी जीवनलाइ अघि बढाइरहेकी छिन् ।

डिम्पल र सिपल कपडिया
डिम्पल र सिपल कपडिया बलिउडमा ८० को दशकका सफल नायिकाको रुपमा प्रख्यात रहेका थिए। उनिहरूपनि दिदबहिनी नै हुन् ।

कटरीना- इसाबेल कैफ
कटरीना कैफ बलिउड को शीर्ष एक्ट्रेसेस मध्ये एकमा पर्छिन् भने उनि आफ्नो बहिनि इसाबेल कैफलाई पनि बलिउडमा प्रवेश गराउने तयारीमा रहेको खबरहरू बाहिरिएका छन् ।















Discussion about this post