nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बैंकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृतका लागि दबाब नदिन सर्वोच्चको अन्तरिम आदेश

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०७८, १०:०६ मध्यान्ह
सर्वोच्चको फैसला कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं।सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतले २२ बैंकका कर्मचारी र युनियनले मागेको अन्तरिम आदेश दिएको छ।

चार दिनको निरन्तरको सुनुवाइपछि पूर्ण इजलासले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो। कर्मचारीले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनु पर्ने माग राखेका थिए। यद्यपी यो अन्तिम आदेश भने होइन।

यसअघिको पाँच दिन निरन्तरको सुनुवाइपछि संयुक्त इजलासमा राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा आएको हो। न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको राय बाझिएको थियो।

कर्मचारीले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनु पर्ने भन्दै माग गरेका थिए। उनीहरुले हालेको मुद्दामा केसीले अन्तरिम आदेश दिने ठहर गरेका थिए। श्रेष्ठले भने आदेश नदिने ठहर गरेका थिए। दुबैको निर्णय बाझिएपछि मुद्दा पूर्ण इजलासमा पुगेको हो।

न्यायाधीश अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश दिने निर्णय गरेको हो। कोषले गत असार मसान्तभित्र दर्ता भइसक्न भनेको थियो। त्यसविरुद्ध कर्मचारी असार २२ गते सर्वोच्च गएका थिए।

कर्मचारीले कोषलाई स्वेच्छिक बनाउन माग गरेका थिए। उनीहरुले संविधान अनुसार सम्पत्तिको हकमा राज्यको दाबी नहुने जिकिर गरेका थिए। सरकारी पक्षले भने ऐन अनुसार अनिवार्य हुनु पर्ने दावी गरेको थियो।

असार मसान्तसम्म दर्ता हुनेले अवकाश हुँदा जम्मा भएको एकमुष्ट पैसा पाउने सुविधा दिइएको थियो। साउन १ गतेबाट दर्ता हुनेका हकमा अनिवार्य रुपमा पेन्सनमै जानु पर्ने व्यवस्था छ। राम्रो तलब सुविधा र सामाजिक सुरक्षा पाइरहेको सन्दर्भमा खाइपाइ आएकोसमेत घट्ने भन्दै बैंक कर्मचारीहरु कोषमा आबद्ध हुन चाहेका थिएनन्।

अहिले २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन्। त्यसमध्ये ३ वटा सरकारी (कृषि, राष्ट्रिय वाणिज्य र नेपाल बैंक) बैंकलाई अर्थमन्त्रीस्तरीय निर्णयबाट कोषमा जान नपर्ने व्यवस्था मिलाइएको छ।

निजी क्षेत्रका स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक कोषमा आबद्ध भइसकेका छन्। मुद्दा हालेपछि नेपाल एसबीआइ बैंक पनि कोषमा दर्ता भएको छ। २१ वटा बैंकका युनियन र कर्मचारीले अदालतमा मुद्दा लडिरहेका थिए।

कोषले जबर्जस्ती गरेको भन्दै कर्मचारीहरुले दुई महिनायता कोषका विरुद्धमा आन्दोलनसमेत गरिरहेका छन्। देशभरी नै बैंक कर्मचारीहरु आन्दोलनमा छन्।

कोषमा प्रति कर्मचारी ३१ प्रतिशत रकम जम्मा हुने व्यवस्था छ। यसमा १० प्रतिशत कर्मचारीले प्रोभिडेन्ड फण्डका रुपमा जम्मा गर्नु पर्छ भने एक प्रतिशत सामाजिक सुरक्षा करमा रुपमा जम्मा गर्नु पर्छ। रोजगारदाताको दर्ताबाट १९ प्रतिशत रकम जम्मा हुन्छ। यसअन्तर्गत प्रोभिडेन्ड फण्डका लागि १० प्रतिशत, ८.३३ प्रतिशत ग्राच्युटी र अतिरिक्त योगदान १.६७ प्रतिशत जम्मा हुन्छ।

अहिले बैंक कर्मचारीले अवकाश हुँदा होस् या बीचमा जागिर छाड्दा सम्पूर्ण रकम एकै पटक पाउँछन्, अर्थात छाडेकै भोलिपल्ट। तर, कोषमा आबद्ध हुँदा उनीहरुले अवकाश उमेर ६० वर्ष कुर्नै पर्छ। उनीहरुले मानौं ५० वर्षको उमेरमा जागिर छाडे भने अर्को १० वर्ष कुरेर अर्थात ६० वर्ष पुगेपछि मात्र पेन्सन पाउँछन्। एकमुस्ट पैसा पाउँदैनन्।

सामाजिक सुरक्षा कोषका विरुद्ध २२ वटा बैंकका कर्मचारी युनियन तथा कर्मचारीहरुबाट सामूहिक मुद्दा दर्ता गर्नमा अधिवक्ता दीपक श्रेष्ठले पहल गरेका थिए।

कोषमा आबद्ध

कोषका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान शुरु गरेका छन्। 

तीन वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि शुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान शुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान शुरु गरेका छन्।

बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान शुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेल लगायत छन्।

यस्तो छ सर्वोच्चको अन्तरिम आदेश

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि