nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

चुरे संरक्षणमा सुधार आवश्यक

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १९, २०७८, ९:०५ बिहान
चुरे संरक्षणमा सुधार आवश्यक

काठमाडौं, साउन १९ गते ।चुरे संरक्षणका लागि विगत एक दशकमा झन्डै १२ अर्ब रुपियाँभन्दा बढी खर्च भए पनि खास उपलब्धि हासिल हुन सकेको छैन ।

राजनीतिक दबाबमा योजना छनोट गरिँदा खर्च गरेअनुसारको उपलब्धि सम्भव नभएको बताइएको छ ।

राजनीतिक दबाबमा कनिका छरेझैँ रकम छर्ने प्रवृत्तिले गर्दा यस्तो स्थिति देखिएको विज्ञहरूले बताएका छन् । चुरे क्षेत्र तथा त्यसका नदी प्रणालीमा देखिएका समस्या समाधानका लागि लाग्ने लागत हेरेर योजना छनोट गर्नेभन्दा पनि राजनीतिक नेतृत्वले जुन जिल्ला तथा क्षेत्रका नियुक्त भयो, त्यतैतिर बजेट तान्ने प्रवृत्तिले यस्तो स्थिति देखा परेको हो ।

आर्थिक वर्ष २०६६/६७ मा चुरे संरक्षण कार्यक्रमबाट सरकारले चुरे क्षेत्रमा खर्च गर्न थालेको हो । पछि आर्थिक वर्ष २०७१/७२ मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप व्यवस्थित ढङ्गले सञ्चालन गरिन थालिएको छ । समिति बनेपछि २०७४ सालमा चुरे तराई संरक्षणका लागि २० वर्षे गुरुयोजना पनि निर्माण गरी सरकारले त्यसलाई स्वीकृत गरेको छ ।

सो गुरुयोजनाअनुसार सातैवटा प्रदेशका ३७ जिल्लाका १६४ वटा नदी प्रणालीमा काम गर्ने क्षेत्राधिकार निर्धारण गरिएको छ । गुरुयोजनाले चुरे तथा नदी प्रणालीमा देखिएको समस्याको संवेदनशीलताका आधारमा विभिन्न चरणमा काम गर्न सुझाव दिएको छ ।

गुरुयोजनाले निर्दिष्ट गरेअनुसार काम हुन नसक्दा अर्बौं रकम खन्याइए पनि विगतमा झैँ हरेक वर्ष आउने न पहिरो रोकिएको छ न त तराईमा डुबानको समस्या कम हुन सकेको छ । गुरुयोजना निर्माण विशेषज्ञ टोलीको नेतृत्वकर्ता डा. विनोद भट्टले भने, “गुरुयोजनाले चुरे र नदी प्रणालीमा देखिएको रोगका आधारमा कामको प्राथमिकीकरण निर्धारण गरेको छ । ठूलो रोग लागेको ठाउँमा पहिलो चरणमा तत्काल उपचारको थालनी गरिहाल्नुपर्ने सिफारिस गरिएको छ तर रोगको संवेदनशीलताका आधारमा खर्च नहुँदा प्रतिफल नदेखिएको हुन सक्छ ।”

सङ्घीयता कार्यान्वयनसँगै प्रदेश तथा स्थानीय तहबाट सडक, बाटोघाटो, पुलपुलेसा, सिँचाइका योजनाहरू निर्माण हुने गरेका छन् । ती निकायले हाल चुरेको गुरुयोजनालाई बेवास्ता गरेर जथाभावी रूपमा काम गरेकाले चुरे संरक्षणभन्दा विनाश भइरहेको राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिका पूर्वसदस्यसचिव हेम अर्यालले बताए । पहिरो, माटो बग्नेलगायतका समस्या उपल्लो क्षेत्र (चुरे क्षेत्र)मा हुने गरेको भए पनि राजनीतिक खिचातानीले तल्लो क्षेत्र तराईमा रकम जाने भएकाले चुरेको समस्या यथावत् रहँदै आएको छ ।

चुरे संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ बुटवलका प्रमुख अजय कार्कीले भने, “चुरे क्षेत्रमा विकास निर्माण करिडोर पहिचान गरेर विकास निर्माणका योजना निर्माण गर्ने, चुरे क्षेत्रलाई ‘जोनिङ’ गरेर कमजोर खालको चलाउन नहुने क्षेत्र र चलाउने हुने क्षेत्रको पहिचान गरी भूमि उपयोगको योजनाअनुसार काम गर्न सके मात्र कमसल चुरेलाई बचाई तराईको अन्नभण्डार जोगाउन सकिन्छ ।”

विगतका वर्षमा खास खर्च गर्नुपर्ने ठाउँभन्दा पनि राजनीतिक प्रभावले योजना कार्यान्वयन भएको कुरा स्वीकार गर्दै समितिका अध्यक्ष डा. किरण पौडेलले भने, “वास्तवमा समस्या चुरेको माथिल्लो क्षेत्रमा देखिन्छ तर हाम्रा कार्यक्रम त्यसअनुसार विगतदेखि सञ्चालन हुन सकिरहेका छैनन् । आगामी दिनमा त्यसमा सुधारको खाँचो जरुरी छ । त्यसमा समितिले काम गर्छ ।”

डा. पौडेलले भने, “चुरे निकै संवेदनशील क्षेत्र हो । विकास गर्ने भन्दैमा चुरेको संवेदनशीलतालाई ख्याल नगर्दा झन् समस्या पर्ने देखिएको छ । यसतर्फ विशेष गरी प्रदेश सरकार तथा स्थानीय तहले विचार गर्नुपर्ने देखिएको छ ।” गुरुयोजना स्वीकृत भएपछि चार वर्ष समितिले काम गरिसकेको छ । गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन् ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि