nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : भत्ता र इन्धनमै २५ करोडभन्दा बढी खर्च

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ६, २०७८, ८:३९ मध्यान्ह
प्रदेश २:प्राकृतिक प्रकोप र हिंसा पीडित परिवारलाई २५ हजार दिइने

किरण कर्ण/जनकपुरधाम/साउन ६ गते ।प्रदेश २ सरकारले गत आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता र इन्धन लगायतका नाममा २५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । आर्थिक वर्ष ०७७÷७८ मा प्रदेश सरकारका पदाधिकारीहरुको पारिश्रमिक भत्ता, अन्य भत्ता तथा इन्धनको नाममा २५ करोड रुपैयाँभन्दा बढी खर्च भएको हो ।

गत आर्थिक वर्षमा प्रदेश सरकारमा मुख्यमन्त्री, ६ मन्त्री र ६ राज्यमन्त्री गरी कुल १३ जना पदाधिकारी थिए । उनीहरुले एक वर्षमा पारिश्रमिक भत्ता, बैठक भत्ता, अन्य सुविधा भत्ता र इन्धनको नाममा २५ करोड ३१ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेश लेखा कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार प्रदेश सरकारका पदाधिकारीको पारिश्रमिक बापतको भत्ताका नाममा १८ करोड १६ लाख ७७ हजार ८८७ रुपैयाँ खर्च गरेका छन् । उक्त शीर्षकमा २१ करोड २६ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

यसैगरी पदाधिकारीहरुको बैठक भत्ता शीर्षकमा एक करोड ८९ लाख १८ हजार २५३ रुपैयाँ खर्च भएको छ । उक्त शीर्षकमा २ करोड ९४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

यसैगरी पदाधिकारीहरुको अन्य सुविधाका लागि ६ करोड ७७ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेकोमा ४ करोड ५ लाख एक हजार ४०७ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । पदाधिकारीकै अन्य भत्ता शीर्षकमा २१ लाख ८४ हजार रुपैयाँ विनियोजन गरेकोमध्ये ७ लाख ५७ हजार ७७५ रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारका पदाधिकारीहरुले प्रयोग गरेको सवारी साधनमा एक वर्षमा एक करोड १३ लाख ३६ हजार ९७८ रुपैयाँको इन्धन प्रयोग भएको छ । उक्त शीर्षकमा गत आर्थिक वर्षमा २ करोड १२ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

अन्य खर्च कहाँ कति ?

प्रदेश सरकारले गत आर्थिक वर्षमा सिंचाई संरचना निर्माणका लागि २ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेकोमध्ये एक अर्ब ५६ करोड ७१ लाख ९३ हजार १२१ रुपैयाँ खर्च गरेको छ । त्यस्तै सडक तथा पूल निर्माणमा २ अर्ब ४३ करोड ६२ लाख ९२ हजार १७९ रुपैयाँ, गैर आवासीय भवन निर्माण÷खरिदमा २ अर्ब ६८ करोड ३१ लाख ९५ हजार ५१ रुपैयाँ, मेशिनरी तथा औजार शीर्षकमा एक अर्ब १६ करोड १७ लाख ८७ हजार ६८७ रुपैयाँ तथा अन्य सार्वजनिक निर्माण शीर्षकमा ३ अर्ब ६७ करोड २ लाख ४३ हजार ७९८ रुपैयाँ खर्च गरेको जनाइएको छ ।

प्रदेश सरकारले सरसफाई संरचना निर्माणका लागि ४९ करोड ९२ लाख ८० हजार ४१७ रुपैयाँ खर्च गरेको छ भने वन तथा वातावरण संरक्षण शीर्षकमा ३४ करोड ९२ लाख ४८ हजार ५५५ रुपैयाँ खर्चेको छ ।

यस्तै, खानेपानी संरचना निर्माण शीर्षकमा ८७ करोड ६९ लाख ४५ हजार १३९ रुपैयाँ, तटबन्ध तथा बाँध निर्माण शीर्षकमा २९ करोड १८ लाख ४६ हजार ३१५ रुपैयाँ, फर्निचर तथा फिक्चर्स शीर्षकमा ४ करोड करोड ५४ लाख ५३ हजार १८१ रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा औषधि खरिद खर्च बापत ४७ करोड ८६ लाख ५१ हजार ८० रुपैयाँ, पानी तथा बिजुली शीर्षकमा ४ करोड ६९ लाख १० हजार १८० रुपैयाँ, सञ्चार महसुल शीर्षकमा २ करोड २ लाख ४६ हजार ६४४ रुपैयाँ, सवारी साधन मर्मत खर्च शीर्षकमा ४ करोड ९५ लाख ९६ हजार ८५४ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले कार्यालय प्रयोजनका लागि प्रयोग हुने गाडीको इन्धनको नाममा ५ करोड ४२ लाख ६४ हजार ३२२ रुपैयाँ, इन्धन अन्य प्रयोजन शीर्षकमा पुनः ७१ लाख ६० हजार ५२ रुपैयाँ खर्च गरेको छ भने पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशनको नाममा ३ करोड ५० लाख ८७ हजार ८१५ रुपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्षमा कर्मचारीहरुको पारिश्रमिकमा एक अर्ब २९ करोड २९ लाख ३६ हजार ६३८ रुपैयाँ खर्च गरेको छ । त्यस्तै पोशाकमा २ करोड ३७ लाख २८ हजार ४० रुपैयाँ, खाद्यान्नमा ५ करोड ९३ लाख ३३ हजार ६२ रुपैयाँ, महँगी भत्ता शीर्षकमा ५ करोड १८ लाख ८३ हजार २४ रुपैयाँ, कर्मचारीको बैठक भत्तामा २ करोड ४६ लाख ६२ हजार ८८६ रुपैयाँ, कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा एक करोड ३८ लाख ४६ हजार ९९९ रुपैयाँ तथा अन्य भत्ता शीर्षकमा ७ करोड ८ लाख ११ हजार १४६ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश सरकारले अनुगमन, मूल्यांकन खर्च शीर्षकमा ४ करोड १२ लाख ६७ हजार ३१३ रुपैयाँ, भ्रमण खर्चमा ३ करोड २१ लाख ७५ हजार ५७२ रुपैयाँ र विविध कार्यक्रम खर्च शीर्षकमा २९ करोड ८५ लाख ६८ हजार ९४० रुपैयाँ खर्चिएको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षका लागि ३४ अर्ब ७० करोड ४३ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये २२ अर्ब ७५ करोड ३६ लाख ६३ हजार ११८ रुपैयाँ खर्च गरेको छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!