nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा १० लाखसम्म घुस लिएका कर्मचारी भन्छन्- सचिवसम्म बाँड्नुपर्छ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ६, २०७८, ८:३८ मध्यान्ह
धनुषामा १० लाखसम्म घुस लिएका कर्मचारी भन्छन्- सचिवसम्म बाँड्नुपर्छ

काठमाडौँ/साउन ६ गते।घुस लेनदेनका आधारमा हुने लेखा परीक्षणको विकृति सबैतिर भेटिन थालेको छ । लेखापरीक्षणमा खटिएका महालेखाका कर्मचारीहरुले स्थानीय तहदेखि विभिन्न सरकारी कार्यालयसम्म हाक्काहाक्की घुस लिने गरेको भेटिएको हो । यसरी घुसका आधारमा लेखा परीक्षण गराउँदा महालेखाले सम्वन्धित कार्यालयको आर्थिक अपचलनलाई लुकाउने गरेको समेत पाइएको छ ।

महालेखाका कर्मचारीहरु आफैँले शुरुमा आर्थिक अनियमितता गरेको विवरणहरु पेश गर्ने र तोकिएको दरमा घुस अंक बुझाएमा उन्मूक्ति दिने गरेको पाइएको हो । अरु जिल्लाहरुमा जस्तै धनुषाका स्थानीय तहमा भएको लेखापरीक्षणमा पनि यसैगरी घुस लिएर लेखा परीक्षण गरेको पाइएको हो । गत फागुनमा महालेखाका उपसचिव वैभवद्धीप श्रेष्ठ नेतृत्वमा ६ जना कर्मचारीको टोली धनुषा गएको थियो । स्थानीय तहको खर्च अनुशासन जाँच गर्न गएको त्यो टोलीले लेखापरीक्षणका क्रममा स्थानीय तहसँग बार्गेनिङ गरेर घुस लिएर फर्किएको भेटिएको हो ।

धनुषाको बटेश्वर गाउँपालिकाबाट महालेखा टोलीले कम्तिमा ५ लाख घुस लिएर लेखापरीक्षण रिपोर्टमा बेरुजु र आर्थिक अपचलनलाई लुकाउने प्रस्ताव राखेको थियो । उक्त घुस बार्गेनिङमा महालेखाकातर्फबाट लेखापरीक्षण अधिकारी प्रयास घिमिरेले नेतृत्व गरेका थिए । तर गाउँपालिकाका प्रशासकीय अधिकृत रुद्रनारायण यादवले ५ लाख दिन नसक्ने अडान राखे ।

महालेखाको टोली लेखापरीक्षण सकेर काठमाडौँ फर्कियो तर प्रतिवेदन दिइएन । घिमिरेले आफ्नो मागदावी अनुसार घुस नपाउँदासम्म प्रतिवेदन नदिने अडान दोहोर्याइरहे । अन्ततः २ लाख घुस लिएर हिसाब मिलान गरेको गाउँपालिकाका लेखा प्रमुख सुमन पुरीले भने । उनले हाँस्दै थपे, ‘अन्तिममा दुई लाखमा कुरा मिल्यो, त्यसपछि प्रतिवेदन पनि पाइसक्यौँ ।’

वैभवद्धीप श्रेष्ठ नेतृत्वको महालेखाका कर्मचारीहरुले धनुषामा अन्य स्थानीय तहबाट पनि यसैगरी घुस संकलन गरेका छन् । यो टोलीले जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाबाट गैरकानूनी रुपमा ६ लाख घुस रकम संकलन गरेको थियो । लेखा अधिकृत प्रकाश कर्णका अनुसार लेखापरीक्षणमा प्रयास घिमिरेको सक्रियता बढी थियो । तर कर्णले घुस अंक लेनदेनका बारेमा भने थप बताउन चाहेनन् ।

सो टोलीले मिथिला नगरपालिकासँग आर्थिक अपचलनका फाइलहरु मिलाउन ५ लाख रुपैयाँ माग गरेको थियो । तर अन्तिममा ३ लाख रुपैयाँमा सहमति भएको र लेखापरीक्षणकै क्रममा ३ लाख रुपैयाँ उपलब्ध गराएको नगरपालिकाका एक कर्मचारीले बताए । ‘भनेको पैसा नदिंदा फछ्यौट नै गर्न नसक्ने गरी बेरुजु र असुली लेख्ने स्थिति आयो, ती कर्मचारीले भने, भोलि अख्तियारमा बयानमा धाउनुभन्दा तीन लाख दिंदा ढुक्क हुने भएकाले घुस बुझाऔँ ।’

प्रदेश नं २ मा मात्र होइन, सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा पनि घुसकै आधारमा लेखा परीक्षण भएको पाइएको छ । कञ्चनपुरमा निर्देशक लेखप्रसाद लामिछाने र मोहन भट्टराई नेतृत्वको टोलीले गत चैतमा लेखा प्रदेश कार्यालय र स्थानीय तहको लेखापरीक्षण गरेको थियो । लेखापरीक्षणका क्रममा उक्त टोलीले बेरुजुको अंक घटबढ बनाएर स्थानीय तहहरुको एक करोडभन्दा बढी बेरुजु र प्रदेश कार्यालयको ५० लाख मात्र बेरुजु औल्याएको थियो ।

बेरुजुमा चलखेल गरेर उक्त टोलीले हरेक स्थानीय तहबाट न्यूनतम एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म असुल गरेर फकिएका हुन् । यसरी लेखा परीक्षणमा घुस दावी गर्दै हिडेका महालेखाका कर्मचारीहरुले यसरी संकलन भएको घुस महालेखाका सहसचिवदेखि सचिवसम्म पुग्ने बताए । नाम नबताउने शर्तमा एक कर्मचारीले भने, ‘हाम्रो तीन जनाको टोलीले लेखापरीक्षण गर्दा प्राप्त भएको कमिशन महालेखाका थप ५ जनालाई दिनुपर्ने हुन्छ ।’

उनले घुसको बाँडफाँट नगरे हरेक बर्ष हुने कार्यसम्पादन मूल्यांकनमा अंक काट्नेदेखि जिम्मेवारी बाँडफाँटमा समेत असर पर्ने बताए । ‘घुस दिनसक्ने कर्मचारीले त्यहीअनुसारको कार्यालयको लेखापरीक्षणको जिम्मेवारी पाउँछन्, बढुवा पनि उसैको चाँडो हुन्छ, ती अधिकारी भन्छन्, नायव महालेखा परीक्षकसम्म घुस नपु¥याउनेहरुको महालेखामा भविष्य छैन । घुस संकलन कर्मचारीको बाध्यता हो ।’

महालेखाका कर्मचारीले घुसका आधारमा लेखा परीक्षण गर्ने गरेको तथ्यहरु सार्वज्निक भएपनि अहिलेसम्म कारबाही अघि बढाएको छैन । महालेखाका प्रवक्ता महेश्वर काफ्लेले महालेखाका कर्मचारीले घुस खाएर लेखा परीक्षण गर्छन भन्ने कुरा अमूर्त भएको बताए । ‘फलानो मान्छेले घुस खान्छ भन्न मिलेन । प्रमाण सहित आयो भने भएका कानून अनुसार कारबाही गछौँ, ’ उनले भने । उनले यसबारे आफ्नो तर्फबाट अनुसन्धान गर्ने बताए । – नेपालवाच

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!