nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रेल छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्ने टुंगो छैन

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०७८, ७:२९ मध्यान्ह
रेल छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्ने टुंगो छैन

जनकपुरधाम/श्रावण ४ गते।धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ ।

गत वर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको स्थानीय बताउँछन् ।

छोपिएको आधाभन्दा बढी भागको त्रिपाल सडेर हटिसकेको सशस्त्र प्रहरीको इनर्वा बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल बताउँछन् । ‘यो कसैले गरिदिएको होइन । वर्षाको पानीले सडेर हटेको छ’ उनी भन्छन्, ‘आधाभन्दा बढी भागको त्रिपाल सडिसकेको छ । अझै हट्ने क्रम जारी छ ।’

जनकपुर जयनगर रुटमा रेल सञ्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल गरेर ल्याएको थियो ।

भारतको कोकन रेल्वे कर्पोरेसनबाट खरिद गरिएको रेल सोही कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले २ असोज २०७७ मा नेपाल रेल्वे विभागका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएको रेल जयनगरबाट जनकपुरसम्म ल्याइएको थियो । २ असोजमा जनकपुर आएको रेल ३ असोज २०७७ देखि इनर्वा स्टेसनमा पार्किङ गरेर राखिएको छ ।रेल छोपिएका त्रिपाल हट्दै जाँदा पनि रेल कम्पनीले चासो दिएन । यस सम्बन्धमा रेल्वे विभागका महाप्रबन्धक भट्टराईलाई फोन गर्दा उनको फोन उठेन ।

के छ पार्किङ गरी राखिएको रेलमा ?

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरु बताउँछन् । रेल विभागका अनुसार पार्किङमा रहेका रेल १६०० एचपी डेमुको हुन् । रेलको अगाडि र पछाडि समेत इन्जिन रहेको छ ।

एउटा रेलमा ५ वटा कार अथवा डिब्बाहरु रहेका छन् । एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार रहेको छ ।

एउटा ट्रेन सेटमा एक पटकमा करीब १३ सय यात्रु चढ्न सक्छन् । रेल प्रति घण्टा १ सय १० किलोमिटरको गतिमा दौडन सक्छ ।

आइतबार जनकपुरको कुर्थाबाट जयनगरसम्म भारतले विस्तार गरेको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार भारतबाट आएको गति परीक्षण गर्ने विशेष रेलले ३५ किलोमिटरको यो रेलमार्ग पार गर्न २३ मिनेट लगाएको छ ।

यसअनुसार यो रुटमा करिब ९१.३० किलोमिटर प्रतिघण्टासम्म औसत गति कायम गरेर रेल कुद्न सक्ने देखिएको छ । रेलमार्गमा ११५ किलोमिटर प्रतिघण्टासम्मको उच्च गति कायम गरेर रेल कुदेको कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जानकारी दिए ।

कम्पनीका महाप्रवन्धक अध्यादेश संसदमा टेबल भएले कानुनका रेल चलाउन कानुनी बाधा नपपर्ने भट्टराई बताउँछन् । उनका अनुसार केपी ओली नेतृत्वको तत्कालीन सरकारले रेल चलाउने वातावरण बनाउन राष्ट्रियसभाले संशोधन गरेको मस्यौदालाई रेल्वे अध्यादेशका रुपमा ल्याएको थियो ।

कानुनको अभावमा रेल चलाउन नसकिने भएपछि संसद विघटनपछि ओली नेतृत्वको सरकारले संसदमा पेश भएकै विधेयकलाई कानूनमा रुपमा अध्यादेश बनाएर जारी गरेको थियो ।

रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतबाट प्राविधिक जनशक्ति ल्याउन समझदारी गरिसकेको छ भने भने ज्यालादारीमा करिब २०० कर्मचारी भर्ना पनि गरेको छ ।

कम्पनीका महाप्रवन्धक भट्टराई रेल चलाउने कुरामा राजनीति नहुने विश्वास व्यक्त गर्छन् । ‘भौतिक पूर्वाधार मन्त्रालयमा नयाँ नेतृत्व आउने वित्तिकै रेल चलाउन बाँकी रहेका प्रक्रियाहरु पुरा गर्नतर्फ लाग्छौं,’ उनले भने,’अन्तरदेशीय रेलमार्ग भएकाले भारत पनि रेल चलाउन सहमत हुनुपर्छ ।’

स्पिड टेस्टपछि अब भारतले विस्तारित रेलमार्गको हस्तान्तरण गर्नुपर्छ । रेल सञ्चालनका लागि स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर पनि दुई देशबीच आदानप्रदान हुनुपर्छ । महामारीकालमा रेल चलाउने प्रोटोकल पनि आवश्यक पर्ने अवस्था छ ।

रेल चलाउन धेरैजसो प्राविधिक तयारी सकिएकाले अब लामो समय नलाग्ने महाप्रवनधक भट्टराईको दावी छ ।साभार-अनलाईन खबर

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!