एजेन्सी । यस वर्ष विश्वभरी गर्मी सबैभन्दा बढी भइरहेको छ । यसवर्षको जुलाई महिनामा सबैभन्दा बढी गर्मी कुवेतको नवासिवमा ५३.२ डिग्री पुगेको छ ।त्यस्तै इराकको तापक्रम पनि आगो निस्कने भएको छ । इराकमा जुलाई महिनामा ५२.६ डिग्री तापक्रम पुगेको छ ।
त्यस्तै इरानमा ५१ डिग्री,पाकिस्तानको सिन्धप्रान्त ज्याकोवावाद ५२ डिग्री तापक्रम पुगेको छ । गल्फ देशहरुमा प्रया ४० डिग्ीभन्दा माथि तापक्रम पुग्ने गरेको छ । जस्तै, दुवई, ओमन र साउदी अरबमा पनि यो वर्ष ५० डिग्री तापक्रम पुगेको छ । यसवर्ष क्यानडामा पनि उच्च तापक्रम मापन गरिएको छ । क्यानडाको लिटनकोे तापक्रम ४९ डिग्री तापक्रम पुगेको छ । अमेरिकाको पोर्टल्याण्डमा पनि ४६.६ डिग्री तापक्रम मापन गरिएको छ । अमेरिकामा यसभन्दा पहिला १९६५ मा ४१.६ डिग्री तापक्रम मापन गरिएको थियो । भारतको नयाँ दिल्लीको जुलाई १ तारिकमा तापक्रम ४३ डिग्री पुगेको छ













Discussion about this post