काठमाडाैं/असार २५ गते। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।
प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु याैन कार्य गर्दा गर्दै पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट निर्वस्त्र अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे स्रोतले बतायो।
गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा एक महिला र पुरुषहरुलाई देखेका थिए । याैन कार्यमा मन्त्रालयकै कर्मचारी थिए वा अन्य प्रहरीले खुलाएकाे छैन । प्रहरीले चालक र युवतीलाई बुधबार राति नै पक्राउ गरेको हाे। चालकका नातेदार प्रहरी देख्ने बित्तिकै फरार भएका थिए। उनलाई बिहीबार नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।
नेपालमा गाडी भित्र याैन कार्यमा संलग्न जाेडी पक्राउ परेकाे याे पहिलाे घटना भने हाेइन । पाँच वर्ष अघि चितवन प्रहरीले एक माेडललाइ गाडी भित्रै रंगेहात पक्राउ परेकाे थियाे ।















Discussion about this post