विनय यादव/सिरहा/असार १८ गते।सिरहा नगरपालिका-१० का २५ वर्षीय सुरेश मुखियाको गत अन्तिम जेठतिर स्वास्थ्यमा समस्या देखियो । उनले स्थानीय औषधि पसलबाट औषधि ल्याएर खाए । तर, सुधार देखिएन ।
छिमेकीहरूले उनलाई कसैले टुना गरिदिएको हुनसक्ने भन्दै झाँक्री कहाँ जान सुझाव दिए । अझैसम्म बोक्सी र झाँक्रीको अन्धविश्वास कायमै रहेको समाजको सुझाव मानेर सुरेश १ असारमा आफ्नो साढुको गाउँ गोलबजार नगरपालिका- ६, टिर्किया आए ।
उनले त्यहाँ झाँक्रीसँग झारफुक गराए । तर, अझै उनको स्वास्थ्यमा सुधार आएन । ४ असारमा उनमा रुघासँगै श्वासप्रश्वासको समस्या बढ्यो । सबै भयभीत भए ।
श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि एक स्थानीय चिकित्सकको सुझावमा आफन्तले सुरेशलाई तत्कालै लहानस्थित लीलामदन पोलिक्लिनिक तथा प्रसूति गृहमा ल्याए । क्लिनिकले सुरुमा ८ हजार ५ सय रुपैयाँ जम्मा गर्न भन्यो । आफन्तले पैसा जम्मा गरे ।
त्यसपछि त्यहाँ उनको उपचार थालियो । चिकित्सकले आफन्तलाई सुरेशको छातीमा कफ जमेको बताए । चिकित्सकले उनलाई भर्ना गरेर राख्नुपर्ने र तीन/चार दिनमा ठीक भइहाल्ने आश्वासन दिए । उनको उपचार हुँदै गयो ।

तीन/चार दिनपछि सुधार पनि भयो । तर, चिकित्सकले अझै क्लिनिकमै राख्नुपर्ने बताएपछि आफन्तले नाइँ भन्न सकेनन् । क्लिनिकमा सुरेशको उपचार जारी रह्यो । क्लिनिकले भनेको दिन आफन्तले पैसा पनि जम्मा गरिरहे । तर, क्लिनिकले बिल भने दिएन ।
‘क्लिनिकले एकैचोटि डिस्चार्ज हुने बेलामा बिल दिने भन्यो,’ बिरामीका साला विजय मुखियाले भने, ‘हामीले माग्दा पनि डाक्टरले बिल दिएनन्, आफैँले लेखेर राख्न भने ।’-शिलापत्र अनलाईन बाट





















Discussion about this post