nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हुलाकी सडकको ८० वर्षे कथा

सजिलो पोस्ट सजिलो पोस्ट
असार १२, २०७८, ८:४१ बिहान
जिर्ण रहेको सप्तरीको कठौनादेखि पातोसम्मको सडक निर्माणको काम पुनः शुरु
लक्ष्मीनारायण देव

  • लक्ष्मीनारायण देव

हुलाकी राजमार्गको निर्माणकार्य सम्पन्न हुन नसकेको व्यथाको इतिहास अति लामो छ । निर्माणकार्य समयमा सम्पन्न नहँुदा उक्त भूगोलमा बसोवास गर्ने बासिन्दाको जीवनमा सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक क्षेत्रमा नकारात्मक प्रभाव परेको आभास हुन्छ । राष्ट्रिय मूलप्रवाहबाट अलग–थलग हुनुपरेको महसुस गर्छन् । वेदनाको सही निदान र उपचारमा कमी भएको छ कि ? आमनागरिकको प्रश्न छ, यसका कारण के हो ?

हुलाकी सडकको कथा
हुलाकी शब्द नै सञ्चारको पर्यायवाची शब्द हो । हुलाकी राजमार्गबाट देशभरि चिठीपत्र र सरकारी कागजपत्रको ओसारपसार गर्ने उद्देश्यले नेपालका १५औँ प्रधानमन्त्री पद्मशमशेर जङ्गबहादुर राणाले विक्रम संवत् २००२–२००५ को अवधिमा निर्माणकार्यको थालनी गरेका थिए । राणाकालीन समयदेखि चिठीपत्र ओसारपसार गर्ने, हुलाकी हिँड्ने छोटो र छिटो बाटो भएकाले पद्मरोडबाट पनि चिनिन्छ । यो सडकलाई विभिन्न कालखण्डमा थरीथरीका नामले पहिचान बनाए हुलाकी राजमार्ग, हुलाकी सडक, हुलाकी लोकमार्ग, पहुँच मार्ग आदि । २०४७ सालमा तत्कालीन भारतका प्रधानमन्त्री चन्द्रशेखर सिंह राजकीय भ्रमणक्रममा आउँदा हुलाकी राजमार्ग भारतीय सहयोगबाट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर, उक्त निर्माणकार्य विविध कारणवश १४ वर्षपछि २०६१ सालमा मात्र दुई देशबीच औपचारिक सम्झौता भई निर्माणकार्य सुरु भएको थियो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४१औँ बैठक प्रतिवेदन, राष्ट्रिय योजना आयोग पुस २०७४ अनुसार यस आयोजनाको कुुल लागत करिब रु. २५ अर्ब लाग्ने अनुमान थियो, जुन नेपाल सरकारको स्रोत तथा भारत सरकारबाट प्राप्त हुने रु. १२ अर्ब अनुदान रकम बेहोरिने लक्ष्य थियो । आव ०६३/६४ मा सुरु भई आव ०७४/७५ मा सम्पन्न हुने प्रारम्भिक अपेक्षा गरिएकोमा संशोधित कार्यतालिकाअनुसार पुनः आव ०७७÷७८ सम्ममा सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । उक्त अवधिमा पनि कार्यसम्पन्न नहँुदा यस आयोजनाको अवधि आव ०७८÷७९ सम्मका लागि थप गरिएको छ ।

निर्माणाधीन अवस्थामा निर्माणकार्यको गुणस्तर सन्तोषजनक नभएको प्रश्नचिह्न उठेपछि, सङ्घीय संसद् विकास तथा प्रविधि समितिले हुलाकी लोकराजमार्ग निर्माणसम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, आयोजना प्रमुखलगायतका सरोकारवाला निकायसँग पटक–पटक छलफलपश्चात् समितिले उक्त राजमार्ग निर्माणको वर्तमान अवस्था, निर्माणको कार्यप्रगति र समस्या तथा चुनौती आदि विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय ग¥यो (२०७६ जेठ १७) । विकास तथा प्रविधि समिति बैठकको निर्णयअनुसार २०७६ जेठ २५ देखि २७ गतेसम्म हुलाकी राजमार्गको जनकपुर–भिट्टामोड सडक (धनुषा, महोत्तरी) सडकखण्डको स्थलगत अध्ययन गरी प्रतिवेदन पेस भयो (२०७६ जेठ २४–२६) ।
यो सडक तराई–मधेसका जनताको जीवनरेखा, मेरुदण्ड, जीवनयापनको प्रमुख माध्यम भएकाले निर्माणकार्य समयसापेक्ष भएको खण्डमा जनताको समृद्धिमा र विकासमा ठूूलो टेवा पुग्ने कुरामा दुईमत छैन । करिब ८० वर्षदेखि तराई–मधेसका जनता तड्पिरहेका छन् । राजनीतिक रस्साकसीमा तराई–मधेसका जनता पिल्सिरहेका छन् । यसप्रकारले तराई–मधेसका जनताको आवश्यकता र चाहनाको सम्मान गरेको देखिँदैन ।

लामो वेदना
हाल पनि हुलाकी सडक निर्माणक्रममा जनताको अज्ञानता, सकारात्मक सोचमा कमी, राजनीतिक विग्रह र द्वन्द्वका कारणले निर्माणकार्यमा अवरोध आइरहेको छ । सडक निर्माण कम्पनीको चरम लापरबाही, गुणस्तरीय कार्यको सुपरीवेक्षण नहुनु, अनुगमन तथा मूल्याङ्कनको फितलोपन देखिन्छ । निर्माणक्रममा वैज्ञानिक हिसाबले सडकको नापी कार्य पनि नभएको देखिन्छ । समयमा कार्य प्रगति हुन नसक्दा, निर्माण सामग्री र श्रमको मूल्यमा ठूलो वृद्धि हुने सर्वविदितै छ । हामीसँग स्रोत साधन सबै हुँदाहँुदै पनि समयमा कार्य गर्न सकिरहेका छैनौँ ।

अझै अर्कोतर्फ निर्माणपूूर्व माटो परीक्षण नहुनु र विनाअध्ययन निर्माणकार्य गर्नु, यस्ता प्राविधिक त्रुटि कैयौँ छन् । निर्माणसामग्री गिटी, ग्राभेल, बालुवाको साइज र गुणस्तर नमिलेको गुनासा छन् । सुपरीवेक्षण र अनुगमनको कमीले सडक तथा कल्भर्टको कमजोर निर्माण भएको देखिन्छ । निर्माण व्यवसायी, कर्मचारी र जनताबीच समन्वय र सञ्चारको ठूलो कमी देखिन्छ । ८० वर्षदेखि जनताको मानसपटलमा हुलाकी राजमार्गको रेखाङ्कन रहे पनि सडकवरिपरि जनताले अनधिकृत निर्माणकार्य गरेका छन्, ती संरचना भत्काउनुपर्ने अवस्था छ । कतिपयले अदालतबाट रोक्का आदेश लिएर बसेका छन् र अदालतको निर्णयको पर्खाइमा छन् ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत अमुवापोस्टदेखि रिउखोलासम्मको खण्डमा विस्तृत सर्वे गर्न अनुमतिप्राप्त नभएकाले रेखाङ्कनमा अन्योलका कारण उक्त क्षेत्रमा सडक निर्माणकार्यमा अवरोध भएको छ । पूर्वगृहकार्यमा कमी भएको देखिन्छ । ३० किमि लामो चमरी–ठोरी सडकखण्डअन्तर्गत पाँच किमि सडक निर्माण पूरा नहँुदै बानियाँ÷कालिका जेभी कन्स्ट्रक्सनले आयोजना हस्तान्तरण गरेको छ । राजविराज नगरपालिकाअन्तर्गत खरसाल टोलदेखि राजविराज नपा पूर्वपट्टिको कार्य अधुरै छ । नगर क्षेत्रमा कार्यसम्पन्न नहँुदा जनधनमा ठूूलो क्षति भइरहेको छ । हिलो र खाल्डोका कारण आवागमनमा अत्यन्तै कठिनाइको साथै सयौँ दुर्घटना भइराखेका छन् ।

तराई–मधेसमा परेको असर
हुलाकी सडक निर्माण नहुँदा तराई–मधेसका जनतामा सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक क्षेत्रमा असर पर्नुको साथै स्वास्थ्यमा समेत अल्पकालीन तथा दीर्घकालीन प्रतिकूूल असर परेका छन् । हुलाकी सडक तराई–मधेसका लागि रक्तसञ्चार हो । सडक निर्माण नहँुदा जिल्ला–जिल्लाबीच कार्यगत समन्यव र एकतामा ह्रास भएको छ । आर्थिक समृद्धिमा असर परेको छ । उद्योगधन्दा लोप हुनु, कृषि क्षेत्रमा आधुनिकीकरण नहुनु, बेरोजगारी बढ्नु, युवा जनशक्ति पलायन हुनु, मानिसको जीवनस्तर गिर्नुजस्ता अल्पकालीन र दीर्घकालीन असर परेका छन् ।समतामूूलक विकास राष्ट्रिय गौरवको पहिचान हो । ८० वर्ष बित्न लाग्दा पनि आयोजना कार्यसम्पन्न हुन नसक्नु विडम्बना हो । तराई–मधेस क्षेत्रको विकास राष्ट्रिय विकास नीतिको प्रमुख हिस्सेदारी पनि हो । जबसम्म समानुपातिक विकासको लहर आउँदैन, समृद्ध राष्ट्रको परिकल्पना गर्न सकिन्न । विकास निर्माणकार्य लामो समयदेखि सम्पन्न नहँुदा तराई–मधेस क्षेत्रमा बसावास गर्ने जनताले आफूलाई राष्ट्रको एउटा हिस्सा नभएको महसुस गर्छन् । यस्ता विभेदका कारणले आफूलाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार भएको महसुस गर्छन् । यस दूूरीलाई कम गर्नु आजको अपरिहार्यता पनि हो । 

                                 गोरखापत्र अनलाईनबाट ।

Tags: हुलाकी सडक

Discussion about this post

Related Posts

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

फिफा विश्वकपमा मेस्सीले बनाए ५ विश्व रेकर्ड 

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

बालेन सरकारको १०० दिन: उपलब्धिभन्दा प्रश्न धेरै – जेन–जी अभियन्ता मो. नइम राईन

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

घानालाई स्तब्ध पार्दै कोलम्बिया अन्तिम १६ मा

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

उत्कृष्ट प्रदर्शन गर्दै इजिप्ट अन्तिम १६ मा, अष्ट्रेलिया बाहिरियाे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!