धनुषा (रासस)/असार ९ गते। प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मिथिला चित्र कला सहितको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ५ वरिष्ट कलाकारहरुलाई सम्मान गर्नुभएको छ।
प्रमुख झाले जनकपुरधामको कुवामा रहेको नारी विकास केन्द्रको स्थापना काल देखि नै संलग्न रहनु भएका वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शन लाल कणर् सहितका पाँच जना कलाकारहरूसँग भेटघाट गरि सम्मान गर्नुभएको हो ।उहाँहरूलाई प्रदेश प्रमुख डा. अहिराजले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।

प्रमुख झाले धनुषा जिल्लामा मिथिला चित्र कलामा उल्लेखनीय योगदान दिनु भएका उहाँहरु सँग भेटघाट गरेर उहाँहरूको समस्या तथा संघर्षका बारेमा जानकारी समेत लिनु भयो ।
उक्त क्रममा प्रदेश प्रमुख डा. झाले राज्यबाट थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।

झाले भेट्नु भएका कलाकारहरु २०४५ सालमा नै जापानमा पुगेर एकल मिथिला पेन्टीङ्गको प्रदर्शन गर्नु भएको थियो । खास गरेर त्यति वेला मिथिलामा महिलाहरू घुम्टो तथा घर धन्दाको काममा नै बस्नु पर्ने बाध्यताका बीचमा मिथिला पेन्टिङको अन्तर्राष्ट्रिय जगतमा पुगेर गर्नु भएको प्रचारको उच्च सम्मान गर्दै भेटघाट गरेर कार्यलाई निरन्तरता दिनका हौसला प्रदान गर्नु भयो ।अहिले पनि पाँचै जना कलाकारहरू मिथिला पेन्टिङको क्षेत्रमा क्रियाशील रहनु भएको छ ।





















Discussion about this post