nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा र महोत्तरीमा एक हप्ता खुकुलो गरी लम्बियो निषेधाज्ञा, यो अवधिमा पसल कति बजे सम्म खुल्ने? के गर्न पाउने, के गर्न नपाउने ?

सजिलो पोस्ट सजिलो पोस्ट
असार ७, २०७८, ९:२२ मध्यान्ह
महोत्तरीमा पुनः एक साता निषेधाज्ञा थप,खाद्यान्न पसल भने ११ बजे सम्म खोल्न पाईने

जनकपुरधाम, असार ७ गते। धनुषा र महोत्तरीमा थप एक हप्ता खुकुलो गरी निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार कोभिड १९ संकट व्यवस्थापन समिति धनुषाको बसेको बैठकले एक साताको लागि थप खुकुलो गरी निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए ।

धनुषामा पछिल्लो समय कोरोना संक्रमणको दरमा सुधार हुँदै गएकोले उक्त संक्रमणको प्रभावकारी नियन्त्रण तथा रोकथामको लागि असार ७ गते राती १२ बजे देखि असार १४ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको प्रजिअ वास्तोलाले बताए ।

स्थानीय प्रशासनले बैशाख २१ गते देखि लगाएको निषेधाज्ञा पश्चात पहिलो पटक सवारी साधन सञ्चालनमा छुट दिएको छ ।

निजी सवारी साधन एवं तिन पाङग्रे टेम्पु जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै निर्माण सामाग्री लगायत आवश्यकीय व्यवसायहरु विहान ६ बजे देखि साँझ ३ बजेसम्म र औषधी तथा स्वास्थ्य सेवा सँग सम्बन्धित पसलहरु २४ औँ घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सञ्चालन गर्न दिने निर्णय भएको छ ।

होटेल, रेष्टुरेन्टहरुले अनलाईन अर्डर तथा होम डेलिभरी र टेक अवे विधीबाट सेवा सञ्चालन गर्न पाउने छन् भने व्यवसाय र उद्योगमा कर्मचारी एवं श्रमिकहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने प्रजिअ बास्तोलाले जनाएका छन् ।

विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा १५ जना सम्म व्यक्तिको सहभागीतामा स्वास्थ्य प्रोटोकल पालना गरी गर्न सक्ने तथा सो प्रयोजनको लागि दुई वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको व्यानर राखि सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, हाट बजार, मनोरञ्जन स्थल, ब्यूटिपार्लर, जिम खाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदी सञ्चालनमा अहिले पनि रोक लगाइएको जिप्रका धनुषाले जनाएको छ ।

यस्तै महोत्तरी जिल्लाको विभिन्न स्थानमा बढ्दै गएकोले असार १५ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा थपिएको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

सोमबार कोभिड व्यवस्थापन समिति महोत्तरीको बसेको बैठकको सिफारिसको आधारमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लाभर निषेधाज्ञा लम्ब्याइएको निमित्त प्रजिअ न्यौपानेले बताए ।

यस अवधिमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे निजी सवारी साधनलाई चलाउन दिने निर्णय भएको हो ।

त्यस्तै एम्बुलेन्स, शववाहन, खाद्यसामग्री, औषधी, निर्माण सामग्री, मल तथा विउ बिजन बोकेको सवारी साधन, सरकारी नम्बर प्लेट भएको गाडी, झण्डावाहक सवारी साधन, कुटनीतिक नियोग लगायतको सवारी साधनमा कुनै रोक लगाइएको छैन् ।

सार्वजनिक यातायात भने अहिले सञ्चालन गर्न नपाउने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै स्थानीय प्रशासनले खाद्यान्न, फलफूल, तरकारी, दुध÷डेरी, ग्याँस पसल, कृषिजन्य विक्री गर्ने पसल, हार्डवेयर पसल, पुस्तक पसल, कपडा पसल, सुनचाँदी, टेलिरिङ, भाँडा, भान्साजन्य, विद्युतिय सामग्री पसललाई विहान ६ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

व्युटी पार्लर, शैलुन, जिमखाना, शैक्षिक संस्था, ट्युसन सेन्टर, मदिराजन्य पसल, पार्टी प्यालेस, स्वीमिङ पुलभने अहिले सञ्चालन गर्न पाउने छैनन् ।

विवाह, व्रतबन्ध, न्वारन, मृत्यु संस्कार जस्ता सामाजिक कार्यको हकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी र भौतिक दुरी कायम गरी बढीमा १० जनामा सिमित भई मनाउन दिने निर्णय गरेको निमित्त प्रजिअ न्यौपानेले बताए ।

Tags: निषेधाज्ञा

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!