विसुन देव सरदार/सिराहा/असार ७ गते।सप्तरी जिल्लाको कान्छो गाउँपालिका बलानबिहुलमा रहेको अप्पन बेल्ही युवा क्लबले मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तलाई आफ्ना वाचा प्रति सजग र स्मरण गराएको छ।
केही दिन उता गत कार्तिक १३ गते बिहीबार बिहान करिव १०:०० बजे बेल्ही युवा क्लबद्वारा आयोजित ” बेल्ही गाउँको विकास ” छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेका थिए।
कार्यक्रममा निम्न विषयहरु प्रति छलफल तथा अन्तरक्रिया गरेका थिए:-
- बलान कटान नियन्त्रण ।
- सीपमूलक / आयमुलक तालिम
- शिक्षामा महिलाको सामान पहुँच।
- कम्तिमा एउटा माध्यमिक विद्यालयको अनुमति ।
- कृषिमा आधुनिकीकरण
- किसानलाई कृषि ऋण सहजिकरण।
- प्राथमिक शिक्षा आजको आवश्यकतामा जोड ।
- प्राविधिक विद्यालयको स्थापना ।
- कम्तिमा एउटा शित् भण्डारको निर्माण ।
- खेलकुद स्टेडियम निर्माण ।
- तत्काल क्रिकेट र फुटबल
- खेलकुदमा महिलाको सहभागिता ।
- एउटा एम्बुलेन्स वडा कार्यालयबाट सञ्चालन हुनुपर्ने ।
यी र यस्ता विषय शर्तहरु प्रति छलफल भएका थिए। दिगो विकासका निम्ति र समृद्ध राष्ट्र समाज निर्माणमा अध्यक्ष डा. दत्तलाई अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादव र कोषाध्यक्ष कुमर कान्त झाका अनुसार यथाशीघ्र कदम चाल्नुपर्ने बताएका छन।















Discussion about this post