उमेश कुमार साह/सप्तरी/बोदे बर्साईन/असार ७ गते। तराई मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग अन्तर्गत सप्तरी सडकखण्डमा निर्माण कार्य तथा पक्की पुलको निर्माण कार्य ढिलाई हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।२०७४ पुस १४ गते सम्झौता गरेर सडक निर्माण कार्य थालिएको छ । तर, ०७७ असार २८ गतेभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडक र पुलहरु अझैं हिलाम्य रहेकाले सर्वसाधारणलाई सास्ती भएको हो ।

पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको स्थानीयले बताए ।
निर्माण कम्पनीको लापरबाहीले अहिले सडक र पुलमा पैदल हिँडेर यात्रा गर्न पनि कठिन भएको भन्दै सर्वसाधारणहरुले आन्दोलित भएका छन् ।
निर्माण कम्पनी विरुद्ध नाराबाजी गर्दै उनीहरुले आज प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि उनीहरुले बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित भाटिन भठा पुल निर्माण अवरुद्ध गर्ने चेतावनी पनि दिनु भएका छन ।





















Discussion about this post