nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा सडक विस्तारले चकवाका स्थानीयको बिचल्ली

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०७८, १०:३५ बिहान
जिर्ण रहेको सप्तरीको कठौनादेखि पातोसम्मको सडक निर्माणको काम पुनः शुरु

जलेश्वर, असार १ गते । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँ बस्ने ७५ वर्षीया एकल महिला सखिया देवी हार गुहार गरे पनि उहाँको बिलौना कसैले सुनेन ।

करिब २० वर्षअघि पति गुमाएकी र सन्तानको कोही नभएकी सखिया विपन्न हुनुहुन्छ । गाउँघरमा सानो तिनो मजदुरी गरेर खाने सखियाले अहिले आफ्नो थातथल्लो समेत गुमाउनुपर्दा दिनरात रुने कराउने मात्र गर्नुभएको छ । खर र माटोले बनाएको सखियाको दुईकोठे घर एक झट्कामै भत्काइएपछि उहाँ विगत १२-१५ दिनदेखि उहाँ घरबास विहीन हुनुभएको छ ।

सोही ठाउँ बस्ने रामकृपाल यादव छोरा, बुहारीसहित चार जनालाई नै कोरोना सङ्क्रमण भयो र घरमै आइसोलेशनमा बसिरहनुभएको थियो । उहाँको पनि चार कोठे कच्ची घरलाई डोजरले तानेर बाटोमा ल्याइदियो । अहिले सो परिवारका बिरामी तथा सबैको विचल्ली भएको छ ।

बिरामीले थलिएका ९२ वर्षीय बुवालाई झुप्रोमा सुताएका उहाँले बुवालाई पनि त्यहाँबाट निकाल्नुभयो । रामकृपालले देशमा निषेधाज्ञाको अवस्थाका कारण घरमा खानपानको समस्या रहेको र त्यसमाथि पनि परिवारका चार जना कोरोना सङ्क्रमित भएको अवस्थामा आएर आफ्नो घर भत्काइदिएको भन्दै बिलौना गर्नुहुन्छ ।

त्यस्तै अवस्था स्थानीय जितेन्द्र झाको पनि छ । उहाँले आफ्नो निजी र नम्बरी जग्गाभित्र निर्माण गरेको घर र घरसँगै निर्माण गरेको पक्की शौचालय एक्कासी आएको डोजरले भत्काइदिएर बाटोमा झारिदिँदा उनी सपरिवार समस्यामा परेका छन् ।

पिता पुर्खाको पालादेखि नै जोतभोग गर्दै आएको सडकभन्दा निक्कैभित्र रहेको आफ्नो नम्बरी जग्गामा बनाएको घर र शौचालयमा डोजर लगाएर भत्काइएपछि घरका सबै सदस्यलाई शौचालयको समस्या सिर्जना भएको जितेन्द्रले बताउनुभएको छ । त्यस्तै आफ्नो निजी जग्गामा फर्निचर उद्योग सञ्चालन गरेका स्थानीय कमलेश ठाकुरको उद्योगको एक चौथाई भाग पनि डोजरले सडकमा मिलाएको छ । उहाँले आफूले अमिन बोलाएर नाप जाँच गराइदिँदा पनि नमानेको र साबिकको सडकमा पर्याप्त ठाउँ हुँदाहुँदै पनि आफ्नो व्यक्तिगत जग्गामा जबर्जस्ती ठेलेर सडक निर्माण गरेको सुनाउनुभयो ।

उहाँले साविक सडकको बीचबाट दुवैतिर समानरुपमा सडक निर्माण गर्न अनुरोध गरेको तर त्यो नसुनेर आफू गाउँमा अल्पसङ्ख्यक भएकै कारण हेपिएको र सडक बनाउन पर्याप्तरुपमा सार्वजनिक जग्गा हुँदाहुँदै पनि केही व्यक्तिको स्वार्थ र रिसइबीका कारण आफ्नो व्यक्तिगत जग्गा हडपिएको दुखेसो गर्नुभयो ।

स्थानीय हरिओम यादवको पीडा पनि यस्तै छ । उनले साबिक सडकको दुवैपट्टि अझैपनि पर्याप्त जग्गा हुँदाहुँदै पनि व्यक्तिको जबरजस्तीले गर्दा आफूजस्ता दर्जनौ अल्पसङ्ख्यक र निमुखा जनताले दुःख पाएको बताउनुहुन्छ । आफ्नो व्यक्तिगत सम्पत्तिमा पाँचदेखि १० फिटसम्म बाटो विस्तार गरी क्षति पु¥याउँदा पनि बोल्न नपाएको र बोलेमा गाली बेइज्जति र कुटपिट सहनुपरको उनको दुखेसो रहेको छ ।

महोत्तरीको चकवा गाउँका स्थानीयको पीडा हो यो । चकवा गाउँदेखि छिमेकी गाउँ थरुवाहीसम्मको सडक ढलानका लागि यसरी उनीहरुका बासस्थान भत्काइएको छ । सो सडक विस्तार गर्दै पक्की ढलान गर्ने कार्यक्रम रहेकोले सडक छेउमा रहेका घर टहरा भत्काइएको छ ।

कोरोना महामारीका बेला जिल्लामा गत वैशाख २२ गतेदेखि नै जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ र यही समय पारेर सकड विस्तार गर्ने नाउँमा जथाभावी कयौँ व्यक्तिलाई घरबारविहीन बनाइएको स्थानीयको गुनासो छ ।

उनीहरुले चकवादेखि थरुवाहीसम्मको ५०० मिटर बाटोमा ढलान गर्ने कार्यका लागि जिल्लाको निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट निर्वाचित प्रदेश सभासदस्य रानी कुमारी तिवारीको २५ लाख बजेट सहयोगमा यो सडक निर्माणको काम थालिएको हो ।

स्थानीय नागेन्द्र यादवको अध्यक्षतामा उपभोक्ता समिति बनाएर गाउँमा सडक विस्तार र ढलान गर्नेकार्य भइरहेको छ । सडक विस्तार र निर्माणका लागि सार्वजनिक भेला गर्नुपर्ने, सबैको सहमति र सहकार्यमा योजना बनाएर सकभर कसैको व्यक्तिगत सम्पति नष्ट नहुने हिसाबमा जानुपर्नेमा यहाँ त्यसो नगरिएको पीडितको गुनासो छ ।

निर्माणाधीन चकवा थरुवाही सडक १८ फिट कायम गरिएको र गाउँमा सो सडक आऊजाऊ गर्न पर्याप्त रहेको अवस्थामा जबरजस्ती सो सडक विस्तारको काम थालिएको स्थानीय रामकृपाल यादवको गुनासो छ ।

पीडितले सकड विस्तार नै गर्ने भए साबिकको सडकको बीचबाट दुवैतिर समानरुपमा लिएर जाऊ भन्दा उपभोक्ता समितिले नसुनेको र एकतर्फी पूर्वपट्टिबाट मात्रै लिएर सडक निर्माण गरेको स्थानीय रामबाबु ठाकुरले बताउनुभयो ।

उपभोक्ता समितिले एकतर्फी (पूर्वपट्टी मात्रै) सडक विस्तार गरेर दर्जनौँ व्यक्तिलाई घरवारविहीन बनाएको छ भने अर्कोतिर एक वर्गलाई सार्वजनिक जग्गा निजी बनाइदिएको स्थानीय कमलेश ठाकुरको आरोप छ ।

उता स्थानीय उपभोक्ता समितिका सचिव गणेश रायले आफू नक्साको आधारमा सडक निर्माण गर्न लागेको बताउनुभयो । उहाँले आफूहरु समाजकै मागअनुसार यस सडकलाई १८ फिटबाट २५ फिट विस्तार गरेर बनाएको र कसैको व्यक्तिगत जग्गा अतिक्रमण नगरेको सबै सार्वजनिक जग्गा नै रहेको दावी गर्नुभयो ।

एकडारा गाउँपालिकाका अध्यक्ष रामछविला यादवले भने आफूले १७ फिटमा मात्रै ढलान गर्न र कसैको पनि व्यक्तिगत सम्पत्तिमा क्षति नपु¥याउन भनेको बताउनुभयो ।

प्रदेशसभा सदस्य रानी कुमारी तिवारीले भने आफूले जनताको मागअनुसार बजेट ल्याएर दिएको र राम्रो गुणस्तरीय सडक निर्माण गर्न भनेको बताउनुभयो ।-रासस

तस्बिर-सांकेतिक तस्बिर

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!